कैलाली जिल्ला स्तरीय ३८ औँ जुनियर / युवा रेडक्रस गोष्ठी आज ( शुक्रबार ) देखि प्रतापपुर स्थित सरस्वती माध्यामिक विद्यालयमा सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुनियर / युवा रेडक्रस समितिको आयोजना तथा सरस्वती माध्यामिक विद्यालयको युवा रेडक्रस सर्कलको आतिथ्यतामा २ दिने गोष्ठी सुरु भएको हो । गोष्ठीमा जिल्लाका १३ वटै पालिकाका सामुदायिक तथा संस्थागत विद्यालय गरी १ सय १९ विद्यालयका ५ सय बढी विद्यार्थी तथा शिक्षक नायक एवम् रेडक्रसकर्मीको सहभागिता रहेको छ ।
कार्यक्रमको लम्कीचुहा नगरपालिका नगरप्रमुख सुशिला शाहीले उदघाटन गर्नु भएको हो । भोली २७ गतेसम्म सञ्चालन हुने कार्यक्रममा विद्यार्थीलाई नेपाल रेडक्रसका आधारभुत सिदान्त, मुल्य र मान्यता, जुनियर / युवा रेडक्रसको काम कर्तब्य, विपद र प्राथमिक स्वास्थ्य उपचार लगायतका विषयका साथै विभिन्न विषय बस्तुमा सहभागीलाई प्रशिक्षण दिईने नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा सभापति समेत रहनु भएका नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला कार्य समिति सदस्य एवम् जुनियर / युवा रेडक्रस समिति कैलालीका संयोजक रंगप्रसाद तिमिल्सैनाले जानकारी दिनु भएको छ ।
कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिका नगर प्रमुख सुशिला शाहीले लम्कीमा ब्लड बैंक स्थापनाको लागि नेपाल रेडक्रस सोसाइटी संग समन्वय गरेर कार्य अगाडी बढाउने बताउनु भयो । विपद र प्राथमिक स्वास्थ्य उपचारमा रेडक्रस जनमानसको मनमस्तीस्कमा बस्न सफल भएको बताउदै नगरप्रमुख शाही निश्पक्ष भएर काम गर्ने मानवीय संस्था नेपालमा रेडक्रस मात्र भएको बताउनु भयो । आफुहरुले विपद्को क्षेत्रमा रेडक्रस संग सहकार्य गरेरै अगाडी बढीरहेको बताउदै आउदा दिनमा समेत सहकार्य रहीरहने प्रतिबद्धता गर्नु भएको थियो ।
कार्यक्रममा लम्कीचुहा नगरपालिकाका उपप्रमुख जुना चौधरीले मानवीय सेवाको लागि जस्तोसुकै परिस्थीतिमा समेत लागि परेको बताउदै नगरपालिकाले सधै गर्नुपर्ने सहयोगमा तत्पर रहेको बताउनु भयो । उहाँले नेपाल रेडक्रसलाई विद्यालय स्तरमा अझै जुनियर / युवा रेडक्रस मार्फत सशक्त बनाउन २ दिनको बँसाइ बाट सिकेका कुरा ब्याबहारमा लागु गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीका सभापति बासुदेव विनाडीले जुनियर / युवा रेडक्रस रेडक्रसको खम्बा रहेको बताउनु भयो । जुनियर / युवा रेडक्रस बलियो शिक्त भएमात्र रेडक्रस सक्रिय हुन सक्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुदुरपश्चिम प्रदेश समितिका कोषाध्यक्ष मोतिप्रसाद उपाध्यायले धरेै लामो समय पछि प्रतापपुरमा भएको जुनियर / युवा रेडक्रस सर्कलको गोष्ठी जिल्ला भरीका रेडक्रसकर्मि संग भेटघाट गर्ने अवसर जुरेको बताउनु भयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीका निर्बतमान सभापति तथा पुर्व केन्द्रीय सदस्य उत्तम जोशीले नेपालमा सबै भन्दा बढी संख्यामा रहेको संस्था रेडक्रस मात्र भएको बताउनु भयो । उहाँले हाल रेडक्रसमा १२ लाख सदस्य रहेको बताउदै मानवीय सेवाका विभिन्न कार्यमा सरकारको सहयोगिको रुपमा भुमिका खेली रहेको बताउनु भयो ।
कार्यक्रममा कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीका पुर्ब सभापति तथा पुर्ब केन्द्रिय उपाध्यक्ष हेमराज ओझा, कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रतापपुर उपशाखा सभापति खड्क चौधरी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीका मन्त्री लोकराज जोशी लगायतकाले शुभकामना मन्तब्य दिनु भएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीका सभापति बासुदेव विनाडीले जुनियर / युवा रेडक्रस रेडक्रसको खम्बा रहेको बताउनु भयो । नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा सभापति समेत रहनु भएका जिल्ला कार्य समिति सदस्य एवम् जुनियर / युवा रेडक्रस समिति कैलालीका संयोजक रंगप्रसाद तिमिल्सैनाको सभापतित्वमा भएको गोष्ठी उदघाटन कार्यक्रमको प्रमुख अतिथीमा लम्कीचुहा नगरपालिकाका नगरप्रमुख सुशिला शाही रहनु भएको थियो भने विशिष्ठ अतिथीमा लम्कीचुहा नगरपालिकाका उपप्रमुख जुना चौधरी रहनु भएको थियो ।
सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालयमा गठीत युवा रेडक्रस सर्कलका संरक्षक ठण्डराज जोशीको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाडइटी जिल्ला शाखा कैलालीका प्रशिक्षक मथुराप्रसाद तिमिल्सैना, नेपाल रेडक्रस सोसाइटीको साझेदार संस्था युएन डिपीका प्रतिनिधि लगायतकाले सहभागिलाई प्रशिक्षण दिईरहनु भएको छ ।
कार्यक्रमको संञ्चालन सरस्वती माध्यामिक विद्यालयमा गठित युवा रेडक्रस सर्कलका शिक्षक डेबित कुमार शाहीले गर्नु भएको थियो । कार्यक्रममा सहभागि विद्यार्थीहरुले बिभिन्न संस्कृति झल्कीने सांस्कृतिक झाकिहरुका साथै आफ्ना प्रतिभाहरु समेत प्रस्तुत गरेका छन ।



