Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

प्रतापपुर घोषणा पत्र जारी गदै कैलाली जिल्ला स्तरीय जुनियर/ युवा रेडक्रस गोष्ठी सम्पन्न ।

प्रतापपुर घोषणा पत्र जारी गदै कैलाली जिल्ला स्तरीय जुनियर/ युवा रेडक्रस गोष्ठी सम्पन्न ।

  • समाचार
  • जेठ २७, २०८० शनिवार २०:५९ बजे
  • 970
    SHARES
  • प्रतापपुर घोषणा पत्र जारी गदै कैलाली जिल्ला स्तरीय जुनियर/ युवा रेडक्रस  गोष्ठी सम्पन्न ।

    ९ बुदे प्रतापपुर घोषणा पत्र जारी गदै कैलाली जिल्ला स्तरीय ३८ औं जुनियर/युवा रेडक्रस गोष्ठी आज ( शनीबार ) सम्पन्न भएको छ । ( शुक्रबार ) हिजो देखि प्रतापपुर स्थित सरस्वती माध्यामिक विद्यालयमा शुरु भएको गोष्ठी ९ बुदे प्रतापपुर घोषणा पत्र जारी गदै आज ( शनिबार ) सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटी कैलाली जुनियर/युवा रेडक्रस समितिको आयोजना तथा सरस्वती माध्यामिक विद्यालयको युवा रेडक्रस सर्कलको आतिथ्यतामा २ दिन सम्म संचालन भएको गोष्ठीमा जिल्लाका १३ वटै पालिकाका सामुदायिक तथा संस्थागत विद्यालय गरी १ सय २१ विद्यालयका ५ सय बढी विद्यार्थी तथा शिक्षक नायक एवम् रेडक्रसकर्मीको सहभागिता रहेको थियो ।

    २ दिन सम्म सञ्चालन भएको गोष्ठीमा सहभागी शिक्षक नायक तथा विद्यार्थीहरूलाई नेपाल रेडक्रसका आधारभुत ,सिद्धान्त , मुल्य र मान्यता, जुनियर /युवा रेडक्रसको काम कर्तब्य, विपद र प्राथमिक स्वास्थ्य उपचार लगायतका विषयका साथै विभिन्न विषय बस्तुमा सहभागीलाई प्रशिक्षण दिईएको नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा सभापति समेत रहनु भएका नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला कार्य समिति सदस्य एवम् जुनियर /युवा रेडक्रस समिति कैलालीका संयोजक रंगप्रसाद तिमिल्सैनाले जानकारी दिनु भएको छ ।

    कार्यक्रममा ग्यास बाट हुने आगलागिबाट कसरी बच्न सकिन्छ भन्ने उदेश्यले नमुना अभ्यास गराईनुका साथै विद्यार्थीहरुलाई समुहमा पालिका स्तरिय हाजिरी जवाफ प्रतियोगिता, प्रतिभा प्रस्तुत समेत गरिएको थियो । कार्यक्रममा सहभागि विद्यार्थी छात्र तथा छात्राका साथै शिक्षक नायकले कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिएको बताएका थिए ।

    गोष्ठीको समापन कार्यक्रममा बोल्दै पुर्ब शिक्षा तथा खेलकुद राज्यमन्त्री मोहनसिंह राठौरले रेडक्रस अन्तराष्ट्रिय मानवीय संस्था भएको बताउनु भयो । विपद र प्राथमिक स्वास्थ्य उपचारमा रेडक्रस जनमानसको मनमस्तीस्कमा बस्न सफल भएको बताउदै पुर्ब शिक्षा तथा खेलकुद राज्यमन्त्री राठौरले निश्पक्ष भएर काम गर्ने मानवीय संस्था नेपालमा रेडक्रस मात्र भएको बताउनु भयो । उहाँले विपद संगै रेडक्रसले वातावरण अनुकुलन कार्यक्रम पनि सञ्चालन गर्नु अहिलेको आवश्यक्ता रहेको बताउनु भयो ।

    गेष्ठी समापन कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीका सभापति बासुदेव विनाडीले जुनियर / युवा रेडक्रस रेडक्रसको ३८ औं गोष्ठी सम्पन्नको लागि सहयोग गर्ने सम्पुर्णमा धन्यबाद समेत ब्यक्त गर्नु भएको थियो । समापन कार्यक्रममा बोल्दै सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालयमा गठीत युवा रेडक्रस सर्कलका संरक्षक ठण्डराज जोशीले २ दिने गोष्ठी सफलता पुर्बक सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्ण सहयोगी हातहरुलाई धन्यबाद समेत दिनु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # नेपाल रेडक्रस सोसाइटी कैलाली

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images