Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

ज्ञानकुञ्ज सामुदायिक सिकाइ केन्द्रको क्षमता विकास तालिम लम्कीमा सुरु

ज्ञानकुञ्ज सामुदायिक सिकाइ केन्द्रको क्षमता विकास तालिम लम्कीमा सुरु

  • समाचार
  • जेठ २७, २०८० शनिवार २१:३२ बजे
  • 1.6K
    SHARES
  • ज्ञानकुञ्ज सामुदायिक सिकाइ केन्द्रको क्षमता विकास तालिम लम्कीमा सुरु

    ज्ञानकुञ्ज सामुदायिक सिकाइ केन्द्र लम्कीचुहा नगरपालिका कैलाली महिला समुहका पदाधिकारीहरूका लागि क्षमता विकास तालिम लम्की कैलालीमा शनिबारदेखि सुरु भएको छ ।Screenshot_20230610-212751_Gallery.jpg

    ज्ञानकुञ्ज सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष विष्णु प्रसाद खनालको सभापतित्वमा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता लव बहादुर शाही रहेका थिए भने अतिथिमा लम्कीचुहा नगरपालिका वडा नं १ का वडा अध्यक्ष नेत्र प्रसाद खनाल , लम्कीचुहा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष तारा प्रसाद अधिकारी र लम्कीचुहा नगरपालिका वडा नं ५ कि वडा अध्यक्ष माया बिष्ट लगायत विभिन्न व्यक्तिहरू रहेका थिए ।

    तालिममा करिब ४० जना महिलाहरूको सहभागीता रहेको छ ।Screenshot_20230610-212858_Gallery.jpgScreenshot_20230610-212839_Gallery.jpg

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रवक्ता शाहीले ३ दिनसम्म सञ्चालन हुने तालिममा सहभागी महिला दिदीबहिनीहरूले तालिममा सिकेका कुराहरू व्यवहारमा लागु गर्ने विश्वास व्यक्त गरेका छन् ।

    प्रशिक्षकको रुपमा कृषि शाखामा कार्यरत कृषि प्राविधिक नम्रता अधिकारीका साथै सम्बन्धित क्षेत्रमा विज्ञ व्यक्तिहरूले तालिम दिनेछन् ।

    कार्यक्रममा बोल्दै ज्ञानकुञ्ज सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष विष्णु प्रसाद खनालले सबैको साथ सहयोग रहेको खण्डमा लम्कीचुहा ज्ञानकुञ्ज सामुदायिक सिकाइ केन्द्रलाई देशकै नमुना केन्द्र बनाउने बताएका छन् । खनालले हिजोका दिनहरूमा ज्ञानकुञ्ज सामुदायिक सिकाई केन्द्रको उद्देश्य साघुरो भएको र साक्षरता अभियान मात्रै भएकाले अबका दिनहरूमा उत्पादन क्षेत्रमा विशेष ध्यान दिने र यसको उद्देश्य फराकिलो भएर आएको बताएका छन् ।

    ज्ञानकुञ्ज सामुदायिक सिकाइ केन्द्रका निवर्तमान अध्यक्ष बद्री प्रसाद लम्सालले महिलाहरूको क्षमता अभिवृद्धिका साथै आयआर्जनका लागि तालिमबाट टेवा पुग्ने बताएका छन् ।

    ज्ञानकुञ्ज सामुदायिक सिकाइ केन्द्रका सदस्य कुम्भराज बडुवालको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन व्यवस्थापन समिति सदस्य खगेन्द्र प्रसाद धमालाले गर्नु भएको थियो । तालिम २७ , २८ र २९ तीन दिनसम्म सञ्चालन हुनेछ ।

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images