धनराज विक / जेष्ठ २९ २०८०
सुदूरपश्चिम समाज माल्टाको कोषाध्यक्षमा समाजसेवी दिनेश नागरी सर्वसम्मत चयन भएका छन् । कैलालीको अत्तरिया घरभई हाल माल्टामा बस्दै आएका नागरी सुदूरपश्चिम समाज माल्टाको कोषाध्यक्षमा सर्वसम्मत चयन भएकाहुन् ।
जुन ४ तारिख २०२३ जेष्ठ २१ गतेका दिन सुदूरपश्चिमबाट युरोपको माल्टा देशमा कामको सिलसिलामा गएका नेपालीहरुको सुखदुःखमा साथ दिनको लागि सुदूरपश्चिम समाज माल्टा गठन गरिएको हो । नरेन्द्र बहादुर पाण्डेको अध्यक्षतामा भएको भेलाले दिपक सिंह ठगुन्नाको अध्यक्षतामा १३ सदस्सीय कार्यसमिति सर्वसम्मत गठन गरेको छ । समाजको उपाध्यक्षमा जनक कुँवर, महिला उपाध्यक्ष तबिता क्षेत्री, महासचिब शिब बिक (शिशिर) सचिब सुमित महारा रहेकाछन् । सदस्यमा क्रमशः गणेश बहादुर साउद, रमेश बहादुर ऐर, पवन साउद, डम्बर बहादुर ऐर,शिक्षिता कार्की र नरेश बोहरा रहेकाछन् भने सल्लाहकारमा नरेन्द्र बहादुर पाण्डे, बलदेव भण्डारी र कृष्ण बहादुर बिष्ट रहेकाछन् ।
नेपालमा समाजसेवामा निरन्तर लागि परेका नागरी वैदेशिक रोजगारमा माल्टा रहँदा पनि नेपालीलाई सहयोग गर्ने काम गरी रहेकाछन् । माल्टामा होस या नेपालमा कुनैपनि नेपाली अफ्ठयारोमा परेका बेला सहयोग गर्ने उद्येश्यले समाजको गठन गरेको अध्यक्ष ठगुन्नाले बताए । देशमा रेमिटयान्स पठाई .वैदेशिक रोजगारमा रहेका नेपालीले योगदान गरेकाले नेपाल सरकारले वैदेशिक रोजगारमा रहेका नेपालीको मानवअधिकारको संरक्षण गर्नुपर्ने नागरी बताउँछन् । नेपालीहरु विश्वको जुनसुकै देशमा भएपनि सुरक्षाको अनुभूती गर्न पाउनुपर्छ । हामी नेपालीलाई केही समस्या आईपरेमा मेरो देशको सरकार छ भन्ने सबै नेपालीले देशप्रति गर्व गर्नेगरी सरकारले समस्यामा परेका नेपालीलाई सहयोग गर्नुपर्छ । तर वैदेशिक रोजगारमा रहेका नेपालीको हकहितको लागि सरकार उदासिन बनेको गुनासो वैदेशिक रोजगारमा रहेका नपालीले गर्ने गरेको उनले बताए । गोदावरी कृषि विकास सहकारीका अध्यक्ष कृष्ण बिकले सानै उमेरदेखि नागरीले परिवर्तका पक्षमा आवाज उठाउने गरेको बताए ।
उनी अत्यन्तै सहयोगी र मिलनसार व्यक्तिहुन् । अन्याय र अत्याचारका विरुद्ध खरो रुपमा उत्रने नागरी सधैं परिवर्तनका पक्षमा अभिने गरेको उनले बताए । विक भन्छन् “वैदेशिक रोजगारमा दुबईमा रहँदा पनि समाजसेवामा लगानी गरेका उनले युरोपको माल्टाबाट पनि आर्थिक सहयोग गरी समाजसेवाको काम गरी रहेकाछन् ।” सामाजिक कुरिती र जातीय छुवाछूतको अन्त्य नभएसम्म सभ्य समाज बन्न नसक्ने पक्षमा नागरी रहेको बिकले बताए । शिक्षक गणेश बिकले माल्टामा रहेर समाजसेवाको काम गरी रहेका नागरीको दिल खोलेर प्रशंसा गरे ।
उनले गरेको समाजसेवाको कामले सामाजिक विकासमा योगदान पुगेको बिकले बताए । गोदावरी कृषि विकास सहकारी, दलित विकास सेवा केन्द्र लगायतका संस्थामा आवद्ध रहेर समाजसेवाको काम निरन्तर गरि रहेको उनी बताउँछन् ।
महिला जागरण केन्द्र नेपालकी अध्यक्ष बिष्ना बिसी (सपना)ले क्रान्तिकारी स्वभावका नागरी सधैं सामाजिक विभेदका विरुद्ध उभिने गरेको बताईन् । केहीवर्ष पहिले रुकुममा अन्तरजातीय प्रेमको विषयलाई लिएर भएको सामुहिक हत्याको घटनाका विरुद्ध नागरीले कैलालीमा भएको आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उहाँले आम्दानीको केही हिस्सा समाजसेवाको काममा लगाई वैदेशिक रोजगारमा देश बाहिर रहेपनि समाजसेवाको काम गरी रहेको बिसीले बताईन् ।



