Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

प्रवासी नेपाली संघ भारत कर्नाटक-केरला राज्य समितिको अधिवेशन सम्पन्न

प्रवासी नेपाली संघ भारत कर्नाटक-केरला राज्य समितिको अधिवेशन सम्पन्न

  • समाचार
  • जेठ ३०, २०८० मंगलवार ०९:४१ बजे
  • 1.7K
    SHARES
  • प्रवासी नेपाली संघ भारत कर्नाटक-केरला राज्य समितिको अधिवेशन सम्पन्न

    प्रवासी नेपाली संघ भारत कर्नाटक - केरला संयुक्त राज्य समितिको आठौं अधिवेशन भव्यताका साथ टेम्पल मलेशपाल्या बैंगलोरमा सम्पन्न भएको छ । दिनांक १० र ११/०६/२०२३ का दिन प्रवासी नेपाली संघ भारत कर्नाटक - केरला संयुक्त राज्य समितिको आठौं अधिवेशन भव्य रुपमा सम्पन्न भएको हो ।received_792442558953684.jpeg

    राज्य समितिका सचिव राजेन्द्रप्रसाद खनालले संचालन गरेको घोषणा सभा कार्यक्रमको अध्यक्षता माधव भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा भारत प्रवास इन्चार्ज हरिप्रसाद घिमिरे रहेका थिए भने विशिष्ट अतिथिमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अफिलाल ओखेडा रहेका थिए ।received_6015198051922828.jpeg

    त्यसैगरी अतिथि हरुमा प्रवासी नेपाली संघ भारतका केन्द्रीय अध्यक्ष नारायण प्रसाद होमागाईं , संघका केन्द्रीय सचिव डम्बर रावल , संघका केन्द्रीय उपसचिव गिरीराज बेलबासे , संघका केन्द्रीय उपसचिव कृष्णप्रसाद पोख्रेल , अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय उप महासचिव ऐन बहादुर रावल , प्रवासी नेपाली संघ भारतका केन्द्रीय सचिवालय सदस्य सिमा न्युरे , संघका केन्द्रीय सदस्य तिलकराज कडेल , संघका केन्द्रीय सदस्य गिमादेवी ढकाल , संघका केन्द्रीय सदस्य बालकृष्ण ढकाल , संघका केन्द्रीय सदस्य भरत ओझा , संघका केन्द्रीय सदस्य दिनेश कुमार बन्तोला , संघका केन्द्रीय सल्लाहकार सदस्य सोबियत बहादुर खड्का , संघका केन्द्रीय सल्लाहकार सदस्य सुन्दर सापकोटा , प्रवासी नेपाली संघ भारत , कर्नाटक - केरला संयुक्त राज्य समितिका पुर्वी अध्यक्ष कोमल प्रसाद सुवेदी , राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल भारत शाखा बैंगलोरका अध्यक्ष सागर धामी , ग्लोबल गोर्खा टाइम्स दक्षिण भारत व्युरो मिनेश रावल , Ime India South इन्चार्ज विजय भासकर रेड्डी , प्रवासी नेपाली संघ भारत तमिलनाडु पाण्डिचेरी राज्य समितिबाट चुरा बहादुर खत्री , संयुक्त टुर एण्ड ट्राभल्स बाट अर्जुन रावल , भारतिय कांग्रेस न्यू तिप्चन्द्रका अध्यक्ष किरण जी , लक्ष्मण , नेपाली जनसम्पर्क समन्वय समितिका उपाध्यक्ष विजयराज विष्ट लगायत अतिथिहरुको आतिथ्यता रहेको थियो ।received_641674590853803.jpeg

    ज्ञात अज्ञात सहिद हरु प्रति १ मिनेटको मौनधारण मार्फत सम्मान व्यक्त गरिएको थियो ।नेपाल र भारतको राष्ट्रिय गान पछि उपस्थित जनसमुदायहरलाई भरत बाब्लीले स्वागत मन्तव्य राख्नु भएको थियोे । भने राष्ट्रिय लोक तथा दोहोरी गीत नेपाल भारत शाखा बैंगलोरका कलाकारहरुद्वारा गीत मार्फत स्वागत गरिएको थियोे । घोषणा सभा कार्यक्रमलाई कार्यक्रमका प्रमुख अतिथि र विशिष्ट अतिथिले आठवटा मैनबत्ति बालेर उद्घाटन गर्नुभएको थियो ।received_922014782237572.jpeg

    आठौं अधिवेशन बाट निर्वाचित राज्य समितिका कार्यकारिणीहरु र सल्लाहकार परिषदको नामावली संघका केन्द्रीय सचिव डम्बर रावलले वाचन गर्नुभएको थियो भने नवनिर्वाचित कार्यकारिणीहरुलाई संघका केन्द्रीय अध्यक्ष नारायण प्रसाद होमागाईंले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।received_936556090916205.jpeg

    आठौं अधिवेशनद्वारा निर्वाचित कार्यकारिणीहरुमा अध्यक्ष  माधव भण्डारी , उपाध्यक्ष बिना बजगाईं , सचिव राजेन्द्रप्रसाद खनाल , उपसचिव दिपक बिक , उपसचिव - श्री रामप्रसाद जोशी , आर्थिक विभाग प्रमुख जित बहदुर रिजाल , सदस्य मदन पौडेल , सदस्य रमेश खड्का , सदस्य भरत बाब्ली , सदस्य कुशुम जोशी , सदस्य कृष्ण बहादुर खड्का , सदस्य गीता मिश्र, सदस्य कृष्ण पौडेल , सदस्य बिष्णु बुढा , सदस्य धरम सिंह खडायत , सदस्य खुमराज कडेल , सदस्य गणेश बिक , सदस्य राजेश शाह , सदस्य प्रेम धमाला , सदस्य मदन शाही , सदस्य दिर्घ डकर्मी ( ओड ), सदस्य टेक बहादुर कटुवाल , सदस्य अमृता खनाल , सदस्य हेमा कडेल , सदस्य कृष्णा कडेल , सदस्य टेकराज खड्का , सदस्य झंकर साउद , सदस्य करन बहादुर ओली ,सदस्य प्रकाश थापा , सदस्य उमेश थापा , सदस्य भरत बहादुर खड्का , सदस्य दिल बहादुर ओड , सदस्य महेन्द्र सुनार चयन भएका छन् ।received_278560324740699.jpeg

    यस्तै सल्लाहकार परिषद समेत चयन गरिएको छ । भरत ओझा , दिनेश कुमार बन्तोला , जगदीश आचार्य , पार्वती कडेल , कृष्ण रोकाया , मान बहादुर रोकाया , कृष्ण बहादुर थापा , रमेश धामी , राजेन्द्र जोशी , गोकर्ण धामी रहनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि , विशिष्ट अतिथि लगायत अतिथि हरुले नवनिर्वाचित कार्यकारिणी हरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना मन्तव्य राख्नु भएको थियो । उपस्थित सम्पूर्णलाई राज्य समितिका उपाध्यक्ष बिना बजगाईंले धन्यवाद मन्तव्य राख्नु भएको थियो ।received_3664528643783311.jpeg

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • # केपी शर्मा ओली

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images