Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सुदूरपश्चिम समाज माल्टाको अध्यक्षमा समाजसेवी दिपक ठगुन्ना चयन

सुदूरपश्चिम समाज माल्टाको अध्यक्षमा समाजसेवी दिपक ठगुन्ना चयन

  • समाचार
  • जेठ ३१, २०८० बुधवार ०८:२३ बजे
  • 1.6K
    SHARES
  • सुदूरपश्चिम समाज माल्टाको अध्यक्षमा समाजसेवी दिपक ठगुन्ना चयन

    धनराज विक/ जेठ ३० २०८०

    सुदूरपश्चिम समाज माल्टाको अध्यक्षमा समाजसेवी दिपक सिंह ठगुन्ना सर्वसम्मत चयन भएकाछन् । जुन ४ तारिख २०२३ जेष्ठ २१ गते माल्टामा भएको सदूरपश्चिम भेलाबाट सुदूरपश्चिम घरभई हाल माल्टामा बस्दै आएका ठगुन्ना अध्यक्षमा सर्वसम्मत चयन भएकाहुन् ।received_1022897768720710.jpeg

    सुदूरपश्चिमबाट युरोपको माल्टामा रोजगारीको सिलसिलामा गएका नेपालीहरुको हकहितको लागि काम गर्न र अफ्ठयारोमा साथ दिनको लागि सुदूरपश्चिम समाज माल्टा गठन गरिएको अध्यक्ष ठगुन्नाले बताए । नरेन्द्र बहादुर पाण्डेको अध्यक्षतामा भएको भेलाले दिपक सिंह ठगुन्नाको अध्यक्षतामा १३ सदस्सीय कार्यसमिति सर्वसम्मत गठन गरेको हो ।

    समाजको उपाध्यक्षमा जनक कुँवर, महिला उपाध्यक्ष तबिता क्षेत्री, महासचिब शिब बिक (शिशिर) सचिब सुमित महरा रहेकाछन् । सदस्यमा क्रमशः गणेश बहादुर साउद, रमेश बहादुर ऐर, पवन साउद, डम्बर बहादुर ऐर,शिक्षिता कार्की र नरेश बोहरा रहेकाछन् भने सल्लाहकारमा नरेन्द्र बहादुर पाण्डे, बलदेव भण्डारी र कृष्ण बहादुर बिष्ट रहेकाछन् । received_6430283300365529.jpegसरल स्वभाव र स्वच्छ छवि भएका ठगुन्ना नेपालमा रहँदा पनि समाजसेवाको काममा सधैं अग्रसर हुने गर्थे, मानवीय मन भएका ठगुन्ना समाजमा कोहीपनि समस्यामा पर्दा, दुःखी बिरामी हँुदा सुखदुःखमा साथ दिन अगाडी सर्ने गर्थे । यीनै समाजसेवी ठगुन्नाले माल्टामा पनि सकेजति मानवसेवाको काम गर्दै आइरहेकाछन् ।

    माल्टामा काम गर्दैगर्दा नेपालीहरु एक हुनुपर्ने विचार उनको मनमा आयो । देशभन्दा बाहिर रहेका नेपालीहरु एकघरका पविारका सदस्य भएकोले परिवार झैं मिलेर बस्नुपर्ने सोचले ठगुन्नाले सुदूरपश्चिम समाज माल्टाको गठनको लागि समन्वयको भूमिका खेलेको कोषाध्यक्ष दिनेश नागरीले बताए । यसै समाजबाट माल्टामा रहेका सबै नेपालीलाई जोडेर लैजाने भूमिका आफूले खेल्ने अध्यक्ष ठगुन्ना बताउँछन् । पत्रकार तथा मानवअधिकारकर्मी धनराज विकले सहयोगी मिलनसार ठगुन्नाले गरेको समाजसेवाको कामको समाजमा सकारात्मक प्रभाव परेको बताए । अचेल समाजमा मानिसहरु व्यक्ति केन्द्रित भईरहेको बेलामा समाजसेवाको काम गरेर ठगुन्नाले आफ्नो बेग्लै पहिचान बनाउन सफल भएको बिकले बताए । विक भन्छन्,“नेपाल घरबिदामा आएको बेला दिपक सर संग मेरो भेट भयो । भेटमा युरोपमा कुनैपनि विभेदको महसुस गर्नु प्रदैन । तर नेपालमा हुने जातीय छुवाछूतले गहिरो जडा गाडेकोले सामाजिक परिवर्तनमा चुनौती देखिएको भन्दै जातीय छुवाछूतको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनु भएको थियो ।”

    समाजको कोषाध्यक्ष समेत रहेका दिनेश नागरीले ठगुन्नाको महत्वपूर्ण सहयोगले आफू सजिलै माल्टा देशमा पुगेको बताए । धेरै नेपालीहरु वैदेशिक रोजगारमा जाने क्रममा ठगिएकाछन् । मेरो पनि युरोप जाने सपना पूरा भएको भन्दै ठगुन्नाको सहयोगी व्यवहारबाट आफू धेरै प्रभावित भएको उनले बताए ।

    वैदेशिक रोजगारमा रहेर देशमा रेमिटयान्स पठाई योगदान गर्ने नेपालीको सरकारले मानवअधिकारको रक्षा गर्नुपर्ने महासचिब शिब बिकले बताए । आफ्नो देशको सरकारको अभिभावत्वको भूमिका वैदेशिक रोजगारमा रहेका सबै नेपालीले खोज्ने गरेकोले सरकारले आफ्नो संरक्षकको दायित्वर जिम्मेवारी पूरा गर्नुपर्ने समाजका सल्लाहकार नरेन्द्र बहादुर पाण्डेले बताए ।

  • सम्बन्धित विषय:

  • # माल्टा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images