Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

लैंङ्गिक हिंसा पीडित केन्द्रित सेवा प्रवाह गर्नुपर्नेमा सरोकारवालाको जोड

लैंङ्गिक हिंसा पीडित केन्द्रित सेवा प्रवाह गर्नुपर्नेमा सरोकारवालाको जोड

  • समाचार
  • आषाढ ६, २०८० बुधवार २२:०२ बजे
  • 685
    SHARES
  • लैंङ्गिक हिंसा पीडित केन्द्रित सेवा प्रवाह गर्नुपर्नेमा सरोकारवालाको जोड

    धनराज विक

    लैङ्गिक हिंसा पीडित केन्द्रित सेवा प्रवाह गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएकाछन् । बुधबार धनढीमा सुरु भएको पीडित केन्द्रित दृष्टिकोणबाट लैङ्गिक हिंसाको सम्बोधनमा बहुपक्षीय सेवा प्रदायकहरुसंग अन्र्तक्रियात्मक अनुशिक्षण कार्यक्रमका सहभागी सरोकारवालाले लैङ्गिक हिंसा पीडित केन्द्रित सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका हुन् ।received_3207260746087375.jpeg

    लैङ्गिक हिंसा पीडित मैत्री व्यवहार हामी सबैले गर्नैपर्छ । पीडितलाई केन्द्रमा राखेर सेवा प्रवाह नगर्दा सम्म पीडितले न्याय छिटो छरितो नपाउने भएकोले सरोकारवाला निकायले पीडित केन्द्रित सेवा प्रवाहमा जोड दिनुपर्ने धनगढी उपमहानगरपालिकाका उपमेयर कन्दकला रानाले बताइन् ।

    लैङ्गिक हिंसाको विषयमा धनगढी उपमहानगरपालिका संवेदनशील रहेको भन्दै अनुशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि.रानाले भौतिक विकास मात्र विकास होइन, परिवर्तनका निम्ती सामाजिक र मानविय विकास गर्न अति आवश्यक रहेकोले आफू सामाजिक र मानविय विकासका पक्षमा रहेको बताइन् ।received_307220594973034.jpeg

    जनताले खोजेको कुरा पूरा गर्न स्थानीय सरकार निरन्तर लागि परेको छ । सरकारको कामलाई सहयोग पुग्ने गरी गैरसरकारी संघसंस्थाले पनि काम गर्नुपर्ने उनले बताइन् । अहिलेपनि जनता गरिबीको रेखामुनिछन्, अन्याय सहेर बसेको जनतालाई माथि उकास्ने र न्याय सम्पादनमा सही ढंगले सम्बोधन हुनेगरी पीडित केन्द्रित सेवा प्रवाह काम गर्नुपर्नेमा रानाले जोड दिइन् । उनले भनिन्–“लैङ्गिक हिंसाको विषयमा धनगढी उपमहानगरपालिका संवेदनशील रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीको सडक दुर्घटनामा निधन भएकोले दुःखी भएका छौं । यस दुःखत समयमा शोक व्यक्त गर्दछु ।”

    राष्ट्रिय महिला आयोगका अध्यक्ष माननीय कमला पराजुलीले सहानुभूतिले न्याय प्रक्रियामा सहयोग नपुग्ने भएकोले पीडितको पीडालाई गहिराईबाट बुझेर काम गर्नुपर्ने बताइन् । पीडित महिलालाई नै दबाब दिने र एक्लो बनाउन खोज्ने सामाजिक प्रवित्तिका विरुद्ध पीडित मैत्री भएर सरोकारवालाले काम गर्नुपर्नेमा पराजुलीले जोड दिईन् । पीडितका उजिरी प्राथमिकतामा नपरेको गुनासो आईरहेको छ ।

    बलियोले जबरजस्ती कमजोरलाई पीडित बनाएकोले पीडितको पक्षमा जिम्मेवकारीपूर्वक सबैले काम गर्नुपर्ने उनले बताईन् । पीडितलाई दोषारोपण गर्ने हाम्रो चलनले लैङ्गिक हिंसा पीडितलाई झन पीडित बनाएको अधिवक्ता सबिन श्रेष्ठले बताए । स्वीस विकास सहयोग, नर्वेजिएन दुताबास र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएको आर्थिक सहयोगमा धनगढी उपमहानगरपालिकाको नेतृत्वमा आइपास, एफडब्लुएलडी, भिएसओ, पिसविन र सीएमसी नेपाल लगायत साझेदारी संस्थाको सहकार्यमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना विगत दुईवर्ष देखि संचालन भईरहेको छ ।received_284717317283069.jpeg

    लैङ्गिक हिंसा हुन नदिने गरी पीडितलाई केन्द्रमा राखेर सेवा दिनुपर्ने संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएका सुदूरपश्चिम प्रदेश प्रमुख कृष्ण भट्टराईले बताए । अगष्ट २०२० देखि संचालन भएको लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना सुदूरपश्चिमका ५ वटा जिल्लाका १० वटा पालिकामा संचालन भई रहेको उनले बताए ।

    लैङ्गिक हिंसाको रोकथाम र प्रतिकार्यमा सबै एक भएर लाग्नुपर्ने भन्दै अनुशिक्षण कार्यक्रमले कानुनी कठिनाई, व्यवहारिक कठिनाई र सेवा प्रवाहमा आएका समस्या समाधान गर्नमा सहयोग पुग्ने गरी सिकाई हुने भट्टराईले बताए । भट्टराईले भने –“यूएनएफपिएले परिवार नियोजन साधनका अपरीपुर्त माग शुन्यमा झार्ने, रोक्न सकिने मातृ मृत्युदरलाई शुन्यमा झार्ने र लैङ्गिक हिंसा तथा हानिकारक अभ्यासलाई शुन्यमा झार्ने गरी काम गरी रहेको छ ।” असार ६ गतेदिख १० गतेसम्म संचालन हुने अनुशिक्षण कार्यक्रममा जिल्लाका सरोकारवाला सेवा प्रदायक निकायका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

    पहिलो दिनको अन्र्तक्रियात्मक अनुशिक्षण कार्यक्रमको सहजीकरण राष्ट्रिय महिला आयोगका अध्यक्ष माननीय कमला पराजुली र अधिवक्ता सबिन श्रेष्ठले गरेका थिए । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएको सहयोगमा महिला कानुन र विकास मञ्च एफडब्लुएलडीले आयोजना गरेको कार्यक्रमको संचालन रेणुप्रधान श्रेष्ठले गरेकी थिईन् ।received_229132483292740.jpeg


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images