लम्की वितरक संघ लम्की , कैलालीको आयोजनामा आन्तरिक राजस्व कार्यालय र ट्राफिक प्रहरी कार्यालयसँग अन्तरक्रिया कार्यक्रम लम्कीमा शनिबार सम्पन्न भएको छ ।
लम्की वितरक संघका अध्यक्ष युवराज न्यौपानेको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष पदमराज चौलागाईं रहेका थिए भने विशिष्ट अतिथिमा नेपाल वितरक महासंघका केन्द्रीय सदस्य मदनराज न्यौपाने , आन्तरिक राजस्व कार्यालय धनगढीका कर अधिकृत गौरव पाण्डे , ट्राफिक प्रहरी कार्यालय लम्कीका वरिष्ठ प्रहरी नायब निरीक्षक व्यापकचन्द्र शाह , सिए जन्मजय तिमिल्सेना रहेका थिए ।
कार्यक्रममा अतिथिमा करदाता सेवा कार्यालय लम्कीका निमित्त कर अधिकृत निकेश रावल , आन्तरिक राजस्व का
र्यालय धनगढीका डम्मर महतरा लगायत व्यावसायी रहेका थिए । कार्यक्रममा लम्की वितरक संघका संस्थापक अध्यक्ष उमेश तिमिल्सेनाले मन्तव्य राखेका थिए ।
वितरक संघका वरिष्ठ उपाध्यक्ष तिलक खनालको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव पुष्पराज ढकालले गरेका थिए ।

कार्यक्रममा सहभागीहरूलाई कर सम्बन्धी जानकारी गराउनुका साथै ट्राफिक सम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रममा सहभागी व्यावसायीहरूले विभिन्न जिज्ञासा राखेका थिए ।
उक्त जिज्ञासाको आन्तरिक राजस्व कार्यालय धनगढीका कर अधिकृत गौरव पाण्डे लगायतका व्यक्तिहरूले जवाफ दिएका थिए ।
कार्यक्रममा बोल्दै लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष पदमराज चौलागाईंले कार्यक्रम आयोजना गरेर व्यावसायीलाई धेरै कुरा सिक्ने अवसर प्रदान गरेकोमा लम्की वितरक संघलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल वितरक महासंघका केन्द्रीय सदस्य मदनराज न्यौपानेले कालो बजारीका कारण वास्तविक व्यावसायीहरू मर्कामा परेकाले यसको नियमन गर्न जरुरी रहेको बताए । न्यौपानेले राज्यले बजेटको निति तथा कार्यक्रममा करको दायरा बढाउने भनेर उल्लेख गर्ने तर त्यो व्यवहारमा लागु नगर्ने गरेको बताए ।



