पितृ शाेकमा रहेका नेपाल प्रेस युनियन लम्की शाखा कैलालीका निवर्तमान अध्यक्ष देवानन्द न्याैपानेलाई सहयाेग प्रदान गरिएकाे छ ।
कैलाली लम्कीचुहा नगरपालिका ३ स्थित पत्रकार न्याैपानेकाे घर पुगेर नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमाल जाेशी र नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य एंव पत्रकार महासघ कैलालीका सल्लाहाकार जगत साउदले (भिटामानु) स्वरुप १५ हजार ५५ रुपैया प्रदान गरेका हुन् । पितृ शाेकमा रहेका पत्रकार न्याैपानेलाई पत्रकार महासघका तर्फबाट अध्यक्ष जाेशीले १० हजार र सल्लाहाकार साउदले ५ हजार ५५ रुपैया प्रदान गर्नु भएकाे महासघ कैलाली सदस्य एंव नेपाल प्रेस युनियन कैलालीका काेषाध्यक्ष सुनिल आउजीले जानकारी दिएका छन् ।
त्यस क्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाह, प्रेस युनियनका प्रदेश अध्यक्ष मनमाेहन स्वाँर, पत्रकार महासघका पूर्व क्षेत्रिय संयाेजक प्रकाशविक्रम शाह, पत्रकार महासघ कैलालीका पूर्व सचिव मीन ठकुरी, महासघका काेषाध्यक्ष लक्ष्मी जाेशी, सदस्य सुनिल आउजीले परिवारजनमा समवेदना प्रकट गरेका थिए ।
सामुदायिक रेडियाे पश्चिम आवाज र राससमा कार्यरत न्याैपानेका पिता जगन्नाथ न्याैपानेकाे ८२ बर्षकाे उमेरमा यहि जेठ ८ गते निधन भएकाे थियाे ।



