Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सञ्चारकर्मीहरूको मानमर्दन गर्नेलाई कडा कार्वाहीको माग

सञ्चारकर्मीहरूको मानमर्दन गर्नेलाई कडा कार्वाहीको माग

  • समाचार
  • आषाढ २२, २०८० शुक्रवार १६:२२ बजे
  • 799
    SHARES
  • सञ्चारकर्मीहरूको मानमर्दन गर्नेलाई कडा कार्वाहीको माग

    नेपाल पत्रकार महासंघ कैलाली शाखाले फेक आइडी बनाएर पत्रकार होच्याउनेलाई कारवाही नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै महासंघको कैलाली शाखाले तत्काल प्रशासनले फेक आइडी बनाउनेको छानविन गरि दोषीलाई कारवाही नगरे पत्रकार महासंघ कडा आन्दोलनमा जाने चेतावनी दिइएको हो ।

    महासंघको कैलाली शाखाका सचिव प्रेम चौधरीलेद्धारा जारी प्रेस विज्ञप्तीमा सामाजिक सञ्जाल फेसबुकमा ‘लम्की बन्द’ नामक फेक आइडीले लम्की क्षेत्रका सञ्चारहकर्मीहरूको मानमर्दन हुने गरी स्ट्याटस राखेको घटना प्रति नेपाल पत्रकार महासंघ कैलाली शाखाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । ‘लोकतन्त्रमा आम नागरिकलाई ‘वाक स्वतन्त्रता’ को अधिकार हुन्छ । वाक स्वतन्त्रता अधिकारको हामी सम्मान गर्दछौं । स्वस्थ र रचनात्मक आलोचना तथा टिप्पणीको हामी सदैव स्वागत समेत गर्दछौं । आम नागरिकको यस अधिकारको रक्षाको लागि हामी सञ्चारकर्मी कटिबद्ध रहेको सम्पूर्णमा अवगत समेत गराउँदछौं’ प्रेस विज्ञप्तीमा भनीएको छ ‘यसै अधिकारको आडमा कुनै पनि सञ्चारकर्मी तथा व्यक्तिमाथि प्रमाण÷तथ्य विना लाच्छना लगाउने, होच्याउने, मानमर्दन गर्ने कार्यलाई स्वीकार गर्न सकिदैन ।

    ‘लम्की बन्द’ नामक फेक आइडीलेके कस्ता प्रमाणका आधारमा रहेर सञ्चारकर्मीहरुलाई आरोप लगाउँदै मानमर्दन गरेको हो त्यो स्पष्ट पार्न समेत अनुरोध छ ।’ प्रेस विज्ञप्तीमा बिना प्रमाण र तथ्य कसै माथि आरोप लगाउने, होच्याउने, मानमर्दन गर्ने कार्य कहिँकतैबाट पनि नहोस् भन्दै सचेत गराइएको छ ।

    लम्की बन्द नामक फेसबुक आइडीबाट लम्कीका स्थानीय पत्रकार चन्द्र प्रसाद खनाल, रमित पाण्डे, देवानन्द न्यौपाने र प्रिन्स बि.क को मानमर्दन हुने गरी स्ट्याटस लेखिएको थियो ।

    उक्त स्ट्याटस लेख्नेलाई कारवाहीको माग गर्दै बुधबार लम्कीका पत्रकार चन्द्र प्रसाद खनालले इलाका प्रहरी कार्यालयमा उजुरी समेत दिइसकेका छन ।

  • सम्बन्धित विषय:

  • # नेपाल पत्रकार महासंघ कैलाली

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images