Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

लैंगिक हिंसा पीडित महिलाले लिए निशुल्क मानसिक स्वास्थ्य सेवा

लैंगिक हिंसा पीडित महिलाले लिए निशुल्क मानसिक स्वास्थ्य सेवा

  • समाचार
  • आषाढ २८, २०८० बिहिवार २१:३१ बजे
  • 1.4K
    SHARES
  • लैंगिक हिंसा पीडित महिलाले लिए निशुल्क मानसिक स्वास्थ्य  सेवा

    धनराज विक / असार २७ , धनगढी

    दृष्टि फाउण्डेसन नेपाल धनगढीमा रहेका लैङ्गिक हिंसा पीडित महिलाहरुले गुणस्तरीय निशुल्क मानसिक स्वास्थ्य सेवा लिएकाछन् । लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्र्तरगत फाउण्डेसनमा बुधबार संचालन भएको मानसिक स्वास्थ्य सेवाबाट ३४ जना लैंगिक हिंसा पीडित महिलाहरुले मानसकि स्वास्थ्य लिएकाहुन् । स्वीस विकास सहयोग, नर्वेजिएन दुताबास र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएको सहयोगमा धनगढी उपमहानगरपालिकाको समन्वयमा आइपास सीएमसी नेपाल लगायत साझेदारी संस्थाको सहकार्यमा मानसिक स्वास्थ्य सेवा संचालन भएको हो ।received_1622370984840912.jpeg

    मानसिक असन्तुलन गुमाई सडकमा जथाभावी हिड्ने महिलाहरुको उद्धार गरी फाउण्डेसनमा राखिएको छ । जबरजस्ती घरबाट निकाला गरिएका महिलाहरु मानसिक रोगीभई बाँचिरहेकाछन् । स्वास्थ्य परीक्षणपछि नाम परिवर्तन ७७ वर्षिय माया घिमिरेले औषधि खाएपछि डाक्टरले निको हुन्छ भनेकोले निको बनाउन नियमित औषधि खाने उनले बताईन् । आफ्नो नाम समेत बिर्सेकी १५ वर्षिय किशोरीको नाम दर्ता गर्दाखेरी उनको खुसी नाम राखेर उपचार गरिएको छ । आफ्नो पनि बिर्सेका हिंसा पीडितको अवस्था निकै दर्दनाक देखिन्थ्यो । उपचार सेवा लिएका पीडित महिला र फाउण्डेसनका कर्मचारीलाई फलोअप र निरन्तर औषधि सेवनको समस्याले पिरोली रहेको फाउण्डेसनका अध्यक्ष कल्पना भट्टले बताईन् ।received_819352339778378.jpeg

    सहयोगी दातालाई निरन्तर सेवा दिन उनले अनुरोध समेत गरेकीछन् । मानसिक रोग विशेषज्ञ डाक्टर अभिलासा गिरीले कडा खालको मानसिक रोगी भएकोले दृघकालीन समयसम्म बिरामीले औषधि खानुपर्ने बताईन् । औषधि संगै केहीलाई मनोसामाजिक परामर्श सेवापनि जरुरी रहेको उनले बताइन् । दृष्टि फाउण्डेसन नेपालका चन्द्रा तिरुवाले मानसिक समस्या भएका व्यक्तिलाई औषधि खुवाउने समस्या झेलि रहेकाबेला संस्थाले औषधि सहित मानसिक रोग विशेषज्ञ डाक्टर ल्याएर सेवा दिएकोमा आफूलाई धेरै खुसी लागेको बताईन् । अरुबाट मागरे ल्याई खानाको व्यवस्था गर्नु परेको बताउदै सामाजिक अपमान र तिरस्कार खेप्नु परेको भोगाई सुनाउँदा तिरुवा भावुक बनेकी थिईन् । तिरुवाको भोगाई सुनेर कार्यक्रममा सहभागी सबै स्तब्ध भएका थिए । उनले भनिन् ‘राज्यले गर्नुपर्ने काम हामीले गरी रहेका छौं, राज्यले समस्यामा परेका आफ्ना नागरिकको व्यवस्थापनको जिम्मा लिनुपर्छ ।’received_971998840752352.jpeg

    मानसकि स्वास्थ्य सेवाको उद्घाटन समारोहका प्रमुख अतिथि एवम् सामाजिक विकास मन्त्रालयका सचिब ज्ञानप्रसाद ढकालले पहिलो प्राथमिकता मानसिक स्वास्थ्य रहेको बताए । राज्यले गर्नुपर्ने काम दृष्टि फाउण्डेसनले गरेको भन्दै फाउण्डेसनका कामको प्रशंसा गरेका थिए । उनले भने ‘म सदूरपश्चिम आएको एक महिना भयो । म आउने वित्तिकै प्रमुख जिल्ला अधिकारीले दृष्टि फाउण्डेसनका बारेमा जानकारी गराउनु भएको थियो ।’ मेरो ध्यान केन्द्रित भएको छ ।

    विशिष्ट अतिथि एवम् प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले फाउण्डेसनमा रहेका पीडित महिलाहरुले आफू बसिरहेको ठाउँमा निशुल्क मानसिक स्वास्थ्य सेवा पाउदा खुसी लागेको बताए । औषधि उपचारपछि मानसिक रोग निको हुने भएकोले औषधि अति आवश्यक रहेको कट्टेलले बताए । मान्छेलाई पशु सरह व्यवहार गरी घरबाट निकालिएको छ । सडकमा अलपत्र परेका महिलाको उद्धार गरी मानविय सेवागर्ने फाउण्डेसनले धेरै राम्रो काम गरेको बताए । मानसिक स्वास्थ्य सेवा संचालन गर्ने संस्थालाई उनले धन्यवाद समेत व्यक्त गरेका थिए ।

    संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपिएका सुदूरपश्चिम प्रदेश पमुख कृष्ण भट्टराईले प्रमुख जिल्ला अधिकारीको समन्वयमा मानसिक स्वास्थ्य सेवा संचालन गरिएको बताए । हिंसामा परेका व्यक्तिहरुको आधारभूत आवश्यकतालाई सम्बोधन गर्न नीति बनाई काम गर्नुपर्ने उनले बताए । हिंसा संग जोडिएका व्यक्तिहरु मानसिक समस्यामा पर्ने भएकोले फाउण्डेसनमा रहेका महिलाहरुको उपचारको लागि मानसिक स्वास्थ्य सेवा दिएको भट्टराईले बताए । आगामी दिनमा मानसिक स्वास्थ्य सेवा निरन्तर रुपमा दिने आईपास नेपालका बिष्णु नेपाली बताउँछन् ।

    मानसिक स्वास्थ्य सेवाको अवलोकन र अनुगमन गरेका धनगढी उपमहानगरपाकिाका मेयर गोपाल हमालले स्थानीय सरकारले मानसिक स्वास्थ्यलाई महत्वका साथ लिएको बताउँदै मानसिक रोगको बारेमा समाजमा खुलेर कुरा गर्नुपर्ने बताए । मानव सेवाको काम गर्दै आएका फाउण्डेसनलाई उपमहानगरपालिकाले सहयोग गर्दै आएको छ । फेरीपनि आवश्यक सहयोग गर्न तयार रहेको हमालले बताए ।

    विगत दुईवर्ष देखि लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना धनगढी उपमहानगरपालिकामा संचालन भई रहेको युएनएपपिएका कैलाली जिल्ला कार्यक्रम संयोजक कृष्ण चौधरीले बताए । धनगढी उपमहानगरपालिका,महिला शाखा, स्वास्थ्य शाखा, स्वास्थ्य कार्यालय, वडा नम्बर १३ को वडा कार्यालय र शहरी स्वास्थ्य केन्द्रले समन्वयका लागि सहयोगी भूमिका खेलेका थिए । मनोसामाजिक परामशकर्ता धनराज विकले उद्घाटन समारोह कार्यक्रमको संचालन गरेका थिए


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images