Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images
images

लापसे सेवन गरि सवारी चलाउने १४९ चालक कार्वाहीमा परे

लापसे सेवन गरि सवारी चलाउने १४९ चालक कार्वाहीमा परे

  • समाचार
  • आषाढ ३०, २०८० शनिवार २०:४६ बजे
  • 901
    SHARES
  • लापसे सेवन गरि सवारी चलाउने १४९ चालक कार्वाहीमा परे

    आर्थिक वर्ष २०७९/८० मा लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउने एक सय ४९ जना चालकमाथि कारबाही गरिएको छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो।

    नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय लागुऔषध नियन्त्रण ब्यूरो र सम्बन्धित प्रहरी कार्यालयको संयुक्त प्रयासमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चालकलाई जाँच अभियान चलाउने गरिएको छ। सोही क्रममा चालकले लागुऔषध सेवन गरी सवारीसाधन चलाए/नचलाएको सम्बन्धमा टिएचसी किटको प्रयोग गरी २०७९ साउन ९ गतेबाट जाँच अभियान सुरु गरिएको थियो।

    लापसे गरी सवारीसाधन चलाउने चालकमध्ये भाडाका सवारीसाधन चलाउने चालक पनि रहेकाले यात्रु बोक्नेजस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।

    यसरी सवारीसाधन चलाउँदा चालकको मात्र नभई यात्रुहरूको जीवनसमेत जोखिममा पर्ने भएकाले आफू सवार सवारीसाधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images