Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

स्वस्थ जीवनका लागि मानसिक स्वास्थ्य ठीक हुनुपर्छ : प्रमुख जिल्ला अधिकारी

स्वस्थ जीवनका लागि मानसिक स्वास्थ्य ठीक हुनुपर्छ : प्रमुख जिल्ला अधिकारी

  • समाचार
  • आषाढ ३१, २०८० आइतवार ०८:०६ बजे
  • 1.6K
    SHARES
  • स्वस्थ जीवनका लागि मानसिक स्वास्थ्य ठीक हुनुपर्छ : प्रमुख जिल्ला अधिकारी

    धनराज विक / असार २८ बौनिया

    स्वस्थ जीवनका लागि मानसिक स्वास्थ्य ठीक हुनुपर्ने कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताएका छन् । लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्र्तरगत बर्दगोरिया गाउँपालिकामा रहेको साहारा घरमा बिहिबार संचालन भएको गुणस्तरिय मानसिक स्वास्थ्य सेवा कार्यक्रमको समापनमा बोल्दै प्रमुख अतिथि अधिकारीले यस्तो बताएका हुन् ।

    अहिले समाजमा मानसिक समस्या चुनौती बन्दै गएको छ । हामी सबै मिलेर मानसिक समस्याको चुनौतीको सामना गर्न एक भएर लाग्नुपर्छ । अपमान र तिरस्कार गरी घरबाट निकालिएका र मानसिक असन्तुलन गुमाई सडकमा हिडिरहेका व्यक्तिको उद्धार गरी मानवीय सेवा गर्ने साहारा घरका सेवक बलबहादुर बिष्ट र दृष्टि फाउण्डेसनका कल्पना भट्टको उनले दिल खोलेर प्रशंसा गरे । अधिकारीले भने ‘यो काम राज्यले गर्नुपर्ने हो । राज्यले गर्ने काम तँपाईहरुले गरी रहनु भएको छ । हामीले नै तपाईहरुलाई काम दिएका छौं । यसो भन्दै गर्दा मलाई दुःखपनि लागेको छ ।’received_979026620008196.jpeg

    बर्दगोरिया गाउँपालिकाका अध्यक्षको अध्यक्षतामा कार्यक्रम भएकोले राज्यको जिम्मेवारी स्थानीय सरकार प्रमुखले लिनु हुनेछ भन्ने विश्वास गरेको प्रमुख जिला अधिकारीले बताए । हामी सबैले मानविय व्यवहार देखाउनै पर्छ । कसैले पनि मानविय संस्कार नभुलौं र मान्छेले मान्छेको सम्मान गरौं । सत्कर्ममा लागेर जिम्मेवारीको भारी हामी सबैले बहन गरेपछि सामाजिक समस्या कम भएर जाने उनले बताए ।received_666767058235611.jpeg

    स्वीस विकास सहयोग, नर्वेजिएन दुताबास र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएको सहयोगमा आइपास सीएमसी नेपाल लगायत साझेदारी संस्थाको सहकार्यमा गुणस्तरीय मानसिक स्वास्थ्य सेवा दिईएको हो । साहारा घरका संचालक एवम् सेवक बलबहादुर बिष्टले नेपाल सरकारबाट निशुल्क पाईने मानसिक रोगको औषधि पनि खुवाउन नसकिएको दुःखेसो सुनाए । औषधिका लागि धेरै सास्ती भोग्नु प¥यो तरपनि औषधि नपाएको उनले बताए । युएनएफपिए, आईपास र सीएमसी नेपालले साहारा घरमै आएर मानसिक रोगको उपचार गरेकोमा खुसी हुँदै सहयोगको अपेक्षा सहित बिष्टले धन्यवाद् दिए । उनले भने ‘प्रमुख जिल्ला अधिकारीले अभिभावकीय भूमिका निभाउनु भएकोले थप मानव सेवागर्ने उर्जा मिलेको छ ।’received_3171761446303377.jpeg

    दृष्टि फाउण्डेसनका अध्यक्ष कल्पना भट्टले प्रदेश सरकारले कुनैपनि गैरसरकारी संस्थालाई बजेट नदिने नीति पास गरेको सुन्दा धेरै दुःख लागेको बताउँदै सामाजिक संस्थालाई न्याय हुनेगरी नीति सच्याउन उनले अनुरोध गरेकीछन् । बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण कुँवरले साहारा घरमा बसेका असहायहरुको लागि अभिभावकीय भूमिका खेल्ने बताए । मानसिक रोग विशेषज्ञ सहित औषधिको व्यवस्था स्थानीय सरकारले गर्ने उनले बताए ।received_807173884106236.jpeg

    संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपिएका सुदूरपश्मि प्रदेश पमुख कृष्ण भट्टराईले दृष्टि फाउण्डेसन र साहारा घरमा बसेका असहायहरुको मानसिक स्वास्थ्यको उपचारमा सहयोग गर्नकै लागि गुणस्तरिय मानसिक स्वास्थ्य सेवा दिईएको बताए । समाजमा हिंसाका घटनाहरुकै कारण मानसिक समस्या बढ्दै गएकोले यसको रोकथाम र प्रतिकार गर्न सबै एकभएर लाग्नु पर्नेमा भट्टराईले जोड दिए ।

    मानसिक रोग विशेषज्ञ डाक्टर अभिलासा गिरीले साहारा घरका ६३ जनाले मानसिक स्वास्थ्य सेवा लिएको बताइन् । धेरैमा कडा खालको र दृघकालीन समस्या देखिएको छ । करिब १५ जना नियमित औषधिको प्रयोगपछि घर जानसक्ने अवस्थामा रहेको गिरिले बताईन् । उनले भनिन् ‘सदूरपश्चिममा म एउटा मात्र टीकापुर अस्पतालमा सेवारत छु । यसबाट थाहा हुन्छकी मानसिक स्वास्थ्यमा सुदूरपश्चिम कति पछाडी छ ।

    बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द्र बिकको अध्यक्षतामा बिहान भएको उद्घाटन समारोहका प्रमुख अतिथि एवम् बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीले असहायहरुको सेवामा साहारा घरले धेरै राम्रो काम गरेको बताए । मानसिक रोगको औषधि र आवश्यक सहयोगको व्यवस्था स्थानीय सरकारले गर्ने उनले बताए । मानव सेवाको काममा सबै लाग्नुपर्ने भन्दै मानसिक स्वास्थ्य सेवा दिने संस्थाको कामको गिरीले प्रशंसा गरे । कार्यक्रमका अध्यक्ष एवम् वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द्र बिकले मानसिक रोगको उपचारले ठूलो सहयोग पुगेको बताए ।

    बर्दगोरिया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नृप बिष्टले मानसिक रोगका बिरामीको लागि औषधि निकै महत्वपूर्ण रहेको बताए । औषधि सहित मनोचिकित्सक डाक्टर ल्याएर उपचार गरेकोमा आफूलाई खुसी लागेको भन्दै मानसिक रोगको औषधि अबदेखि स्थानीय सरकारको सहयोगमा स्वास्थ्य शाखाबाट पहल गरेर उपलब्ध गराउने उनले बताए । धनगढी घरभएका साहारा घरमा कमाण्डर नामले परिचित सेवाग्राहीले सुरुमा सेवा लिए । उनलाई कडा खालको मानसिक रोग देखियो ।

    स्वास्थ्य चेकजाँच गरेर डाक्टरले औषधि दिएपछि कमाण्डर खुसी हँदै मुस्कुराए । दार्चुला घर भएकी माया धामीले उपचार गर्ने बेलामा आफ्नो विगत सम्झेर आँशु झारेर रोहिन् । धामीलाई पनि कडा खालको मानसिक रोगको औषधि दिईएको छ । उपचार सेवा पाउदा मन खुसी र शान्त भएको धामीले बताईन् ।

    सीएमसी नेपालका मनोसामाजिक परामर्शकर्ता धनराज बिकले सहजीकरण गरेको मानसिक स्वास्थ्य सेवा कार्यक्रममा प्रहरी उपरीक्षक देवन्द्र बहादुर पाल, सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारी र अनुसन्धान निर्देशक हरिश बिष्ट विशिष्ट अतिथि रहेका थिए । त्यसैगरी नेपाल राष्ट्र बैंकका प्रमुख बिनोदराज लेखक, उपनिर्देशक अस्मिता गोर्खाली, बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्की, आईपास नेपालका सुदूरपश्मि प्रदेश संयोजक बिष्णु नेपाली, युएनएफपिएका कैलाली जिल्ला कार्यक्रम संयोजक कृष्ण चौधरी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रमको औचित्य माथि मनोसामाजिक सुपरभाईजर एभन श्रेष्ठले प्रकाश पारेका थिए । कार्यक्रमको समापनपछि प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका अध्यक्ष लगायत कार्यक्रममा सहभागी सबैले साहारा घरमा बस्दै आएका असहायहरुलाई आफै खाना पस्केर दिएका थिए भने प्रमुख जिल्ला अधिकारीले साहारा घरको निरीक्षण समेत गरेका थिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images