Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

बिषालु जंगली च्याउ खादा एकजनाको मृत्यु

बिषालु जंगली च्याउ खादा एकजनाको मृत्यु

  • समाचार
  • श्रावण ६, २०८० शनिवार १०:०४ बजे
  • 1.2K
    SHARES
  • बिषालु जंगली च्याउ खादा एकजनाको  मृत्यु

    डडेल्धुरामा जंगली विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–२ स्थित सोही गाउँपालिकाको नयाँ भवन निर्माणमा संलग्न एक पुरुषको विषालु च्याउ खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

    मजदुरी गर्न डडेल्धुरा पुगेका बर्दियाको बारबर्दिया नगरपालिका–७ का ५० वर्षका राम दुलारी थारुले जंगली च्याउ खादा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।

    जंगली च्याउ खादा बिरामी भएका उनलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीका अनुसार उपचारको क्रममा उनको मृत्यु भएको हो ।

  • सम्बन्धित विषय:

  • # डडेल्धुरा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images