कैलालीको जानकी गाउँपालिका वडा नं ९ का २५ वर्षीय राजु चोधरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
चौधरीलाई २०७२ मंसिर २८ गते १८ हजार ४ सय ४० रुपैँया जरीवाना तोकेको थियो । कैलालीको जानकी गाउँपालिका ९ बक्लहवा शिविर बस्ने दसराम चौधरीको छोरा बर्ष २५ को राजु चौधरीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
जिल्ला अदालत कैलालीले मिति २०७२/०८/२८ गते फैसला गरेको मुद्दा नम्बर ०७१-cr०२६६ रहेको छ । निज फरार अभियुक्तलाई २०८०/०४/०८ गते बिहान ७.००बजे जानकी गाउँपालिका वडा नं ९ कटासेबाट अमरावती प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरीक्षक बसन्त रोकाय नेतृत्वको टोलीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय टिकापुरमा आवश्यक कार्बाहीका लागि पठाइएको छ ।
प्रहरी चौकी अमरावतीका इन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक बसन्त रोकाय आएपछि शान्ति सुरक्षा , लागू औषध नियन्त्रण , काठ तस्करी , ढुंगा , गिट्टी बालुवा उत्खनन जस्ता कार्यमा कडाइ गरिएको छ ।



