योङ्ग कम्युनिस्ट लिग नेपाल लम्कीचुहा नगर कमिटी लम्की कैलालीले कैलालीको लम्कीचुहा नगरपालिकाले गरिरहेको अतिक्रमित सार्वजनिक जग्गा घर टहरा हटाउने कार्यमा ऐक्यबद्धता जनाएको छ । नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल लम्कीचुहा नगर कमिटीले ऐक्यबद्धता जनाएका हुन ।
लम्कीचुहा नगरपालिकाको कार्यपालिका सर्वदलीय बैठकको निर्णय अनुसार यस क्षेत्रमा रहेका अतिक्रमित खोलानाला तथा सार्वजनिक जग्गालाई खाली गरि नगरको सुन्दरतासँगै स्वामित्व लिने निर्णय स्वागतयोग्य रहेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । नगर कमिटी अध्यक्ष केशव शर्मा कैलाली क्षेत्र नं २ का संयोजक मनराज शाहीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।
साथै उक्त क्षेत्रभित्र पर्ने भुमिहिन , सुकुम्बासी , अव्यवस्थित घर टहरा परेमा उक्त जग्गा खाली गर्दा निश्चित मापदण्ड बनाइ अन्यत्र बसोबास गर्न गराउन नगरलाई सर्वदलीय सर्वपक्षीय निर्णयबाट मात्रै अघि बढ्न र विज्ञ टोली मार्फत अघि बढ्न ध्यानाकर्षण गराइएको छ ।यस कार्यलाई निरन्तरता गर्ने क्रममा कुनै व्यक्तिगत लाभ वा राजनैतिक पुर्वाग्रही नभइ सामुहिकतामा रहने गरि सो कामलाई निरन्तरता दिएमा वाइसीएल नेपालको पुर्ण साथ समर्थन रहने समेत प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।



