Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

मनोसामाजिक सहयोग तथा लैंगिक रुपान्तरण सम्बन्धी तालिम धनगढीमा सुरु

मनोसामाजिक सहयोग तथा लैंगिक रुपान्तरण सम्बन्धी तालिम धनगढीमा सुरु

  • समाचार
  • श्रावण १७, २०८० बुधवार २१:४३ बजे
  • 1.8K
    SHARES
  • मनोसामाजिक सहयोग तथा लैंगिक रुपान्तरण सम्बन्धी तालिम धनगढीमा सुरु

    धनराज विक / साउन १७ धनगढी

    सामाजिक परिचालकहरुको लागि आधारभूत मनोसामाजिक सहयोग तथा लैंगिक रुपान्तरण सम्बन्धी १० दिने तालिम बुधबार देखि धगढीमा सुरु भएको छ । मनोसामाजिक सहयोग र लैंगिक रुपान्तरण गर्ने उद्येश्यले धनगढी उपमहानगरपालिकाको आयोजनामा तालिम सुरु भएको हो ।received_1387445308479992.jpeg

    तालिमको उद्घाटन समारोहका अध्यक्ष एवम् धनगढी उपमहानगरपालिकाको नगर उपप्रमुख कन्दकला रानाले परिवर्तनका लागि सामाजिक र मानविय विकास हुनुपर्ने बताईन् । सामाजिक र मानविय विकास भएन भने भौतिक विकास अपुरो हुने भन्दै धनगढी उपमहानगरपालिका सामाजिक र मानविय विकासका पक्षमा रहेको रानाले बताईन् ।received_1763285554129403.jpeg

    लैंगिक हिंसा पीडितलाई सहयोग गर्ने, मनोसामाजिक समस्यामा परेकाहरुलाई मनोसामाजिक परामर्श सेवा दिने काम भईरहेको उनले बताईन् । रानाले भनिन् ‘ समुदायमा काम गर्दै आएका सामाजिक परिचालकहरुले आधारभूत मनोसामाजिक सहयोगको बारेमा थाहा पाएपछि काम गर्न सजिलो हुन्छ भनेरै नै तालिमको आयोजना गरिएको हो । अहिले समाजमा मनोसामाजिक समस्या बढ्दै गएको छ । मनोसामाजिक समस्या न्यूनीकरण गर्न र व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मनोसामाजिक सहयोगको भूमिका धेरै महत्वपूर्ण हुन्छ ।’received_822141769573486.jpeg

    लैंगिक हिंसाका कारण धेरै महिलाहरु पीडित बनेकाछन् । हिंसा पीडित महिलालाई सहयोग गर्न र न्याृय प्रदान गर्नका लागि सुरक्षित आवास गृह संचालन गरी आश्रय दिने काम भईरहेको छ । लैंगिक हिंसाका घटनालाई रोकथाम र प्रतिकार गर्न धनगढी उपमहानगरपालिकाले लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना संचालन गरेको रानाले बताईन् ।received_1215872755744399.jpeg

    धनगढी उपमहानगरपालिकाको नेतृत्वमा स्वीस विकास सहयोग, नर्वेजिएन दुताबास र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएको सहयोगमा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना दुईवर्ष देखि संचालन भई रहेको छ ।

    तालिममा सामाजिक परिचालक र वडा सदस्य गरी २० जनाको सहभागिता रहेको छ । तालिमको सहजीकरण सीएमसी नेपालका मनोसामाजिक सुपरभाईजर एवम् मनोविद् यभन श्रेष्ठ, भिएसओका सुदरूपश्चिम प्रदेश संयोजक प्रतिभा चौधरी र सीएमसी नेपालका मनोसामाजिक परामर्शकर्ता धनराज विकले गरेकाछन् ।received_820572419726194.jpeg

    साउन १७ गतेदेखि सुरु भएको तालिम साउन २६ गतेसम्म संचालन हुने महिला विकास अधिकृत पंकजा जोशीले बताईन् ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images