Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

मृतक मञ्जु रावलका आफन्तलाई भेट्न घरमै पुगे मुख्यमन्त्री शाह

मृतक मञ्जु रावलका आफन्तलाई भेट्न घरमै पुगे मुख्यमन्त्री शाह

  • समाचार
  • श्रावण २०, २०८० शनिवार २१:३८ बजे
  • 1.4K
    SHARES
  • मृतक मञ्जु रावलका आफन्तलाई भेट्न घरमै पुगे मुख्यमन्त्री शाह

    मञ्जु रावलका आफ्न्तलाई भेट्न मुख्यमन्त्री कमल बहादुर शाह आज (शनिबार) घरमै पुगेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ४ मा रहेको मृतक रावलको घरमा पुगेर मुख्यमन्त्री शाहले आफन्तको अवस्था बारे जानकारी लिनुका साथै घर परिवारलाई सान्त्वना समेत दिएका छन् ।VideoCapture_20230805-191034.jpg

    भेटमा मुख्यमन्त्री शाहले मञ्जु रावलको हत्यामा संग्लन दोषीहरूलाई कानुन अनुसारको कडा सजाय दिलाउनमा आफू प्रतिवद्ध रहेको बताए । मुख्यमन्त्री शाहले मृतक रावलका सन्तानका लागि सरकारका तर्फबाट र व्यक्तिगत रूपमा गर्न सकिने सहयोग गर्ने समेत बताएका छन् ।VideoCapture_20230805-213250.jpg

    ३३ वर्षीय मञ्जु रावल जेठ २५ गते बेपत्ता भएकी थिइन् । उनका छोरा विवेक रावलले दिएको निवेदनको उपर प्रहरीले छानबिन गर्दै जादा असार १४ गते मञ्जुका कंकाल मोहन्याल गाउँपालिकामा फेला पारेको थियो ।received_317561130691911.jpeg

    मञ्जुको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images