सुदुरपश्चिमको कला संस्कृति र पर्यटनको पहिचानको मुद्दा बोकेको " है जिरा फुल्याको छै क्या?" ले घुमौ सुदुरपश्चिम अभियान! कला, संस्कृती र पर्यटनको पहिचान " भन्ने मुल नारा र सुदुरपश्चिम आउदा बिदेशी पर्यटकले तीन गुणा भन्दा बढी हवाई भाडा तिर्नु पर्ने भएकाले बिदेशीलाई पनि स्वदेशी सरह भाडा दर हुनु पर्छ अनि मात्र सुदुरपश्चिम मा बिदेशी पर्यटक आउछन भन्दै निरन्तर २०७७ साल देखि स्थानिय , प्रदेश , केन्द्र सरकार हुँदै सर्वोच्च सम्म पुगेका पर्यटन ब्यवसायी तपेन्द्र रावलले विभिन्न अभियान शुरु गरे तर हाल सम्म कसैले यो मुद्दालाई प्रथामिकता दिएनन।
यो सन्सारको कुनै पनि देशमा यस्तो ब्यवस्था छैन र नेपालको नागरिक उड्डयन प्राधिकरणको आन्तरिक हवाई भाडा सम्बन्धि एन र नियमावलीमा पनि कुनै उल्लेख गरिएको छैन। त्यसैले बिदेशी पर्यटक लाई लुट्ने छुट कसैलाई हुदैन र यो मानबता बिरोधि छ। कुनै पनि देशको लिङ्ग, जात , धर्म , धनी अनि गरिबका आधारमा भाडादर कहि पनि कायम गरेको देखिदैन। त्यसैले अन्तरास्ट्रिय अदालत मा जान का लागि है जिराले रचनात्मक आन्दोलन स्वरुप बिश्व भर हस्ताक्षर अभियान शुरु गर्दै छ। जसको शुरुवात भारतको ब्याङ्लोर बाट यहि १३ अगस्ट आइतबार शुरु गरिदै छ।
ब्याङ्लोरमा यसका लागि सचेत नागिरक दबाब समूह समेत गठन गरेर हस्ताक्षर शुरु गरिएको छ । यसका लागि जनक शाही , तुला भन्डारी , करन बिसि जस्ता सक्रिय युवा लागि परेका छन। घुमौ सुदुर पश्चिम २०८० अभियान ! कला, सस्कृती र पर्यटनको पहिचान !! भारतका विभिन्न प्रान्तमा सांस्कृतिक कार्यक्रम बिभिन्न समाज र मन्चहरुले आयोजना गर्दैछन। आयोजक कमिटिले अग्रजहरुलाई के निवेदन गर्न चाहन्छु भने:-है जिराले पर्यटन सम्बन्धि बोकेको मुद्दालाई अन्तरास्ट्रिय न्यायलय सम्म पुगाउन र सुदुर पश्चिममा पर्यटन प्रवर्द्धन गर्न उक्त कार्यक्रमहरुमा उपस्थित हुने सम्पुर्ण दाजु भाइ तथा दिदी बहिनीहरुलाई हस्ताक्षर अभियानमा सरिक गराइदिन हुन अनुरोध गरिएको छ। सबै प्रान्तमा पुग्न नसके पनि यो अभियानको स्वामित्व सबैले लिन जरुरी देखेको सर्जक रावलले बताएका छन् । हाम्रो अभियान कुनै दल / सङगठन प्रती लक्षित र पुर्वाग्रह हुनेछैन र यो सबैको साझा एजेन्डा हुनुपर्छ भन्ने मान्यता राखेको बताएका छन् ।
सचेत नागरिक दबाब समूह सम्पर्क नम्बरहरु समेत दिइएको छ । तुला भण्डारी: __81519 36236 , जनक शाह__9591861066 , करन बिसी: __ 96326 90203 , तपेन्द्र रावल: __86600 63358 मिडिया पार्ट्नर :- पलपल अनलाइन मिडिया सम्पर्क तपेन्द्र रावल : _____9991906720





