Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

चिसापानी सोल्टा सडक सुचारु गर्न मुख्यमन्त्री शाहको निर्देशन

चिसापानी सोल्टा सडक सुचारु गर्न मुख्यमन्त्री शाहको निर्देशन

  • समाचार
  • श्रावण २६, २०८० शुक्रवार १२:३५ बजे
  • 2.0K
    SHARES
  • चिसापानी सोल्टा सडक सुचारु गर्न  मुख्यमन्त्री शाहको निर्देशन

    निरन्तरको बर्षाले कैलालीको चिसापानी-मोहन्याल सोल्टा सडकखण्ड पहिरोका कारण अवरुद्व भई यातायात सन्चालनमा कठिनाई भएको भन्ने खवर थाहा पाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उक्त सडकको पहिरो पन्छाएर सडक सुचारु गर्न निर्देशन दिएका छन् ।

    भौतिक पुर्वाधार सचिव मार्फत सडक पुर्वाधार डाईरेक्टरलाई बर्षायामसम्म एउटा जेसीबी उक्त सडकखण्डमा राखेर सडक निरन्तर सुचारु गर्न निर्देशन दिनुभएको छ । मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमल साउदले मुख्यमन्त्री कमल बहादुर शाहलाई आग्रह गरेपछि जनताको दु:ख समस्यालाई बुझेर जेसीबी वर्षायामसम्म सोही सडकमा रहने गरि व्यवस्था भएको उपाध्यक्ष साउदले बताएका छन् ।

    मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमल साउदले पालिकामा इन्धनको माग गर्दा उपलब्ध गराउन नसकिने भन्ने जवाफ पाएपछि मुख्यमन्त्रीसँग कुरा गरेको बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images