Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

मनोसामाजिक समस्या समाधान गर्न मनोपरामर्श सेवा लिनुपर्छ : उपप्रमुख राना

मनोसामाजिक समस्या समाधान गर्न मनोपरामर्श सेवा लिनुपर्छ : उपप्रमुख राना

  • समाचार
  • श्रावण २७, २०८० शनिवार २१:४८ बजे
  • 2.4K
    SHARES
  • मनोसामाजिक समस्या समाधान गर्न मनोपरामर्श सेवा लिनुपर्छ : उपप्रमुख राना

    धनराज विक / साउन २६ धनगढी

    समाजमा दिनप्रतिदिन बढ्दै गएको मनोसामाजिक समस्या समाधान गर्न मनोसामाजिक परामर्श सेवा लिनुपर्ने धनगढी उपमहानगरपालिकाका उपम्रमुख कन्दकला रानाले बताएकी छन् । धनगढी उपमहानगरपालिकाले धनगढीमा संचालन गरेको सामाजिक परिचालकहरुको लागि आधारभूत मनोसामाजिक सहयोग तथा लैंगिक रुपान्तरण सम्बन्धी १० दिने तालिमको शुक्रबार समापनको बेला उनले यस्तो बताएकीहुन् ।received_3571308736481222.jpeg

    घरघरमा मानिसले विभिन्न कारणले मनोसामाजिक समस्या भोग्दै आएको अवस्था छ । मनका कुरा गरेर निको हुने मनको समस्यामा लार्खौ रुपैया खर्च गरेर उपचार गर्दापनि कुनै विराम नदेखिएको गुनासो समाजमा सुनिने गरेको छ । स्वास्थ्य चेकजाँच गराउँदा पनि कुनै बिराम देखिदैन भने मनोसामाजिक समस्याको असर हुनसक्छ । यस्तो बेला मनको कुरा सुनिदिएर सहयोग गर्न सकिन्छ भने थप उपचारका लागि डाक्टर र मनोसामाजिक परामर्शकर्ता संग पठाएर सहयोग गर्न सकिने रानाले बताइन् । मनोसामाजिक समस्या मनोपरामर्श सेवाले ठीक हुन्छ भन्ने कुरा समाजमा बुझाउन जरुरी छ ।received_843663073990166.jpeg

    समाजमा सामाजिक परिचालकहरुको भूमिका धेरै महत्वपूर्ण छ । घरघरमा आधारभूत मनोसामाजिक सहयोग पुगोस भनेर नै तँपाईहरुलाई तालिम दिइएको हो । तालिम लिएपछि समाजमा यसको सकारात्मक प्रभाव पर्ने र धरैले आधारभूत मनोसामाजिक सेवा पाउने अपेक्षा धनगढी उपमहानगरपालिकाले गरेको उनले बताइन् ।

    रानाले भनिन् ‘आत्महत्याको समस्याका कारण समाजमा धेरैले ज्यान गुमाउनु परेको छ । समाजमा चुनौतीको रुपमा देखिएको आत्महत्याको सुरुवाती अवस्थाा भनेकै मनोसामाजिक असरको अवस्था हो । हामी सबै मिलेर समयमै मनोसामाजिक समस्याको रोकथाम गर्नुपर्छ । मनोसामाजिक समस्याकै कारण व्यक्ति आत्महत्या गर्ने अवस्थासम्म पुग्ने भएकोले मनोसामाजिक समस्या बुझ्न र सहयोग गर्नकै लागि आधारभूत मनोसामाजिक सहयोग र लैंगिक रुपान्तरण सम्बन्धी तालिमको आयोजना गरिएको हो ।’ सुखशान्ति र खुसीको लागि चोट लागेका, दुखेका र फाटेका मनहरु सिउने काम अब तँपाइहरु सामाजिक परिचालकले गर्नुपर्छ । सरकारको काम जनताको सुखदुःखमा साथ दिने हो । अफ्ठयारो परेको बेला सरकार साथमा छ भनेर उभिने हो र हौसला दिने हो । जनतालाई सेवा दिने काम रहरले गर्नुपर्नेमा उनले जोड दिइन् । आधारभूत मनोसााजिक सहयोग गरेर परामर्श सेवा आवश्यक परेका व्यक्तिहरुको पहिचान गरी मनोसामाजिक परामर्शकर्ता कहाँ पठाउन सक्नुहुन्छ । धनगढी उपमहानगरपालिकाले लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना ससंचालन गरेको छ । जुन परियोजना मार्फत मनोसामाकि परार्मकर्ताले मनोसामाजिक परामर्शसेवा दिदै आएको रानाले बताइन् ।received_1487054685439971.jpeg

    सहयोग गर्ने साझेदारी संस्थालाई उनले धन्यवाद पनि व्यक्त गरेकी थिइन् । महिला विकास अधिकृत पंकजा जोशीले समाजको आवश्यक्तालाई हेरेर तालिम आयोजना गरिएको बताइन् । घरघरमा मनोसामाजिक समस्या बढ्दै गएकोले यो तालिमबाट ठूलो सहयोग पुग्ने आशा आफूले गरेको जोशीले बताइन् । उपमहानगरपालिका उपप्रमुख कन्दकला राना र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएका सुदूरपश्चिम प्रदेश प्रमुख कृष्ण प्रसाद भट्टराइले बेलाबेलामा तालिमको अनुगमन गरेका थिए । धनगढी उपमहानगरपालिकाको नेतृत्वमा स्वीस विकास सहयोग, नर्वेजिएन दुताबास र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएको सहयोगमा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना धनगढीमा दुईवर्ष देखि संचालन भईरहेको छ ।

    तालिमको प्राविधिक सहयोग परियोजनाका साझेदारी संस्था हरुहरुले मिलेर गरेका थिए । सामाजिक परिचालक पुष्पा शर्माले जीवनभर आफै र आफ्नो परिवारलाई काम लाग्ने तालिम दिएकोमा धनगढी उपमहानगरपालिकालाई धन्यवाद् दिईन् । यो तालिमले मनोसामाजिक समस्यामा भएका र लैंगिक हिंसामा परेका व्यक्तिलाई कसरी सहयोग गर्ने भन्ने सीप सिकेको बताइन् । तालिममा मनको समस्या कसरी बुझ्ने र आधारभूत मनोसााजिक सहयोगको महत्वको बारेमा थाहा पाएको राम प्रसाद रानाले बताए । समाजमा मनका समस्या धरैछन् र मनकै समस्याका कारण मान्छेले आत्महत्या गर्छन भन्ने थाहा भयो । आत्महत्या रोकथाम गर्न हामी सबैले सही सुचना दिएर, डाक्टर कहाँ पठाएर, कुरा सुनि दिएर सहयोग गर्न सिकने रहेछ भन्ने तालिबमाट सिके । लैंगिक हिंसा र ओसीएमसीको बारेमा आफूले जानकारी पाएको उनले बताए ।received_315266244296063.jpeg

    तालिममा सहभागी फुलकुमारी रानाले बालबालिकामा देखिने मनोसााजिक समस्या र सहयोग गर्ने तरिकाको बारेमा सिकेको बताइन् । मनको कुरा नभनेरै मनमै दबाएर राख्नाले मान्छे मानसिक रोगी समेत हुने रहेछ भन्ने आफूले थाहा पाएको बताइन् । लैंगिक हिंसाका कारण पनि मनोसामाजिक समस्या हुन्छ भन्ने तालिममा सिकेको निर्मला खड्काले बताइन् । बैतडीबाट तालिममा सहभागी अनिता चन्दले धनगढी उपमहानगरपालिकाले तालिम दिएकोमा खुसी लागेको भन्दै पालिकाको कामको प्रशंसा गरकी थिइन् ।received_156520950808059.jpeg

    साउन १७ गतेदेखि सुरु भई २६ गते सम्पन्न भएको तालिममा सामाजिक परिचालक, वडा सदस्य र नगर प्रहरी गरी २२ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाका साझेदारी संस्था सीएमसी नेपालका कार्यक्रम संयोजक एवम् चिकित्सा मनोविद् डाक्टर शालीग्राम भट्टराई,मनोसामाजिक सुपरभाईजर एवम् मनोविद् यभन श्रेष्ठ, मनोसामाजिक परामर्शकर्ता धनराज विक र जानकी चन्द, युएनएफपिएका मदन बागचन्द, कृष्ण चौधरी, भिएसओका प्रतिभा चौधरीले गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # धनगढी उपमहानगरपालिका

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images