नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले पछिल्लो समय भेटघाट लाई तिब्रता दिएका छ्न । जिल्ला भरीका अगुवा नेता कार्यकर्ताहरूसँग संगठनको वर्तमान अवस्थाका विषयमा जानकारी लिनुका साथै भेटघाट गर्ने क्रममा आइतबार कैलालीका विभिन्न पालिकामा पुगेर भेटघाट तथा छलफल गरिएको छ ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीर बहादुर बलायरको निर्देशन बमोजिम भातृ संगठनहरू सक्रिय भएर सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरू तथा कैलालीका पालिकाहरूमा पुगेर भेटघाट तथा छलफल गरिएको छ । तरुण दल र नेविसंघको संगठनलाई सक्रिय बनाउनका लागि कैलालीको बर्दगोरिया गाउँपालिकमा समेत भेटघाट तथा छलफल गरिएको गोदावरी नगरपालिका वडा नं १० का वडा अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता रवीन्द्र शाहीले जानकारी दिए ।
बर्दगोरिया गाउँपालिकाका सभापति कृष्ण बिष्ट , क्षेत्रीय सचिव बृजेश रावल , युवा नेता प्रमोद मल्ल र महेन्द्र शाह सहभागी रहेका थिए । उनीहरूले पालिकामा तरुण दल र नेविसंघलाई सक्रिय बनाउन आग्रह गरेका थिए ।
भेटघाट तथा छलफल टोलीमा कैलाली तरुण दलका अध्यक्ष , कञ्चनपुरका अध्यक्ष , नेविसंघ कैलालीका अध्यक्ष , लगायत तरुण दलका केन्द्रीय नेता समेत उपस्थित रहेका थिए । तरुण दल र नेविसंघले पुर्णता पाएसँगै युवा नेताहरू गाउँ गाउँमा पुगेर संगठनका बारेमा जानकारी लिनुका साथै आगामी दिनहरूमा पालिकामा कसरी सक्रिय बनाउने भन्ने विषयमा केन्द्रित रहेको युवा नेता शाहीले जानकारी दिएका छन् ।
कैलालीका १३ वटै स्थानीय तहमा भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।



