कैलालीको जानकी गाउँपालिका वडा नं ९ खैरीफाँटामा रहेको अरुणोदय माध्यमिक बिद्यालयको पुस्तकालय बिस्तार तथा आधुनिकिकरण परियोजनाका लागि युगान्डाका लागि नेपालका मानार्थ बाणिज्य दुत तथा अफ्रिकाका उद्योगपति डाक्टर सुधीर रुपारेलिया अध्यक्ष रहनु भएको The Ruparelia Foundation ले अमेरिकी डलर ५००० ( नेपाली रुपैयाँ छ लाख पचास हजार ) सहयोग गर्ने भएको छ ।
विद्यालयको "पुस्तकालय बिस्तार तथा आधुनिकीकरण परियोजना" लाई सम्पन्न गर्नका लागि विद्यालयका अभिभावक तथा पुर्ब विद्यार्थी जानकी गाउँपालिका ९, कटासे, कैलाली बस्नुहुने हाल नाइजेरियामा रहनु भएका हिक्मत थापाले पहलकदमी सुरु गर्नु भएको छ। नेपाल लाइब्रेरी फाउन्डेसनको प्राबिधिक सहयोगमा यो परियोजनाले चाडै मुर्तरुप लिनेछ। यस अन्तर्गत विद्यालयमा भएको पुस्तकालयलाई थप बिस्तार गरिनेछ र इ-लाइब्रेरी स्थापना गरिनेछ जसबाट विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरु लाभान्वित हुनेछ्न र उनीहरुमा पठन संस्कृतिको बिकास हुनुका साथै शिक्षण सिकाइ क्रियाकलापमा सहजीकरण गर्न मद्दत मिल्नेछ ।
Nepal Library Foundation/NLF Nepal को प्राविधिक सहयोगमा सुदुर पश्चिम प्रदेशको उत्कृष्ट स्कुल पुस्तकालय बनाउने लक्ष्य राखिएको पुस्तकालयलाई सहयोगको लागि डा. Sudhir Ruparelia र रुपारेलिया फाउन्डेसन र यस कार्यको संयोजन गरिरहनु भएका अभिभावक तथा पुर्ब विद्यार्थी हिक्मत थापा प्रती अरुणोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक कपिलराज भाट तथा विद्यालयको तर्फबाट कृतज्ञता व्यक्त गरिएको छ Nepal Library Foundation/NLF Nepal को प्राविधिक सहयोगमा सुदुर पश्चिम प्रदेशको उत्कृष्ट स्कुल पुस्तकालय बनाउने लक्ष्य राखिएको पुस्तकालयलाई सहयोगको लागि डा. Sudhir Ruparelia र रुपारेलिया फाउन्डेसन प्रती कृतज्ञता व्यक्त गरिएको छ ।



