कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ४ भल्कामा गुरही असरैना कार्यक्रम २०८० सम्पन्न भएको छ । लम्कीचुहा नगर स्तरि गुरही असरैना कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
लम्कीचुहा नगर बडघर भलमन्सा समिति तथा थारु कल्याणकारीणी सभा नगर कार्य समितिको संयुक्त आयोजनाम कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । नगर बडघर भल्मन्सा समितिका अध्यक्ष दशराम चौधरीको सभापत्विमा भएको कार्यक्रममा कैलाली निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी प्रमुख अतिथि रहेका थिए । विशिष्ट अतिथि लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशिला शाही , उप प्रमुख जुना चौधरी रहेका थिए ।
यस्तै कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नं. १ देखि १० नं. वडाका वडा अध्यक्षहरु , समाजका अगुवा बुद्धिजिवी, नागरिक समाजका जिल्ला संयोजक दिल बहादुर चौधरी जिल्ला बरघर समितिका जिल्ला अध्यक्ष विलारु थारु, थारु कल्याणकारीणी सभाका जिल्ला सचिव देशराम चौधरी , वडा नं ४ का वडा अध्यक्ष तारा प्रसाद अधिकारी , शिक्षक तथा बुद्धिजिवी मित्रलाल चौधरी लगायतका रहनु भएको थियो । गुरही असरैना कार्यक्रममा थारु कल्याणकारीणी लम्कीचुहा नगर कार्य समितिका अध्यक्ष बलराम चौधरीको स्वागत मन्तव्यसंगै शुरु भएको कार्यक्रममा थारु पौराणीक विभिन्न सांस्कृतिक नाच प्रस्तुत हुनुका साथै स्थानिय कलाकारहरुको प्रस्तुती समेत रहेको थियो ।
गुरही असरैना कार्यक्रममा लम्कीचुहा नगरपालिकाको वडा नं. १ देखि १० वटै वडावाट उल्लेखिय सहभागीता रहेको थियो । कार्यक्रममा थारु चलन अनुसार गुरही असराइएको थियो । कार्यक्रमममा विभिन्न बक्ताहरुले संस्कृति र संस्कार जोगाउन राज्य पक्षसंग सहयोगको अपेक्षा गर्दै यस्ता किसिमको कार्यक्रम आजको आवश्यकता रहेको बताएका छन ।
गुरही असरैना कार्यक्रमका बक्ताहरुको साझा आवाजले लम्कीचुहा नगरपालिकाले संस्कृति संरक्षण गर्नका लागि वडा नं. ४ को भल्का बजारको खुल्ला चौरमा बहुआयमिक संग्रहालय बन्ने बताएका छन् ।



