Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

पुस्तकालय स्थापनाका लागि अरुणोदय मा.वि. लाई पिताको स्मृतिमा थापाले गरे १ लाख सहयोग

पुस्तकालय स्थापनाका लागि अरुणोदय मा.वि. लाई पिताको स्मृतिमा थापाले गरे १ लाख सहयोग

  • समाचार
  • भाद्र ६, २०८० बुधवार ०७:२० बजे
  • 1.8K
    SHARES
  • पुस्तकालय स्थापनाका लागि अरुणोदय मा.वि. लाई पिताको स्मृतिमा थापाले गरे १ लाख सहयोग

    आख्यानकार एवं अरुणोदय माध्यमिक विद्यालय जानकी गाउँपालिका -९ खैरीफाँटा कैलालीका संस्थापक प्रधानाध्यापक गगनसिंह थापाको स्मृतिमा उनका छोरा हिक्मत थापाले विद्यालयमा स्थापना गरिने डिजिटल लाइब्रेरी बिस्तार तथा आधुनिकीकरण परियोजनाका लागि एक लाख रूपैयाँ सहयोग गरेका छन् । स्व. थापाको ७५ औं जन्मोत्सवको अवसर पारेर मंगलवार हिक्मत थापाले उक्त सहयोग गरेको विद्यालयका प्रधानाध्यापक कपिलराज भाटले जानकारी दिएका छन् ।

    गैर–आवासीय नेपाली संघ एनआरएनएका पूर्व कोषाध्यक्ष समेत रहेका थापा विगत १४ वर्षदेखि अफ्रिकी मुलुक नाइजेरियामा कार्यरत छन् । सुदूरपश्चिम प्रदेशको उत्कृष्ट स्कुल पुस्तकालय बनाउने लक्ष्य राखिएको उक्त पुस्तकालय व्यवस्थापनका लागि थापाले प्रवासबाट सहयोग संयोजन समेत गर्दै आइरहेका छन् ।

    पुस्तकालय व्यवस्थापनका लागि थापा कै पहलमा युगान्डाका लागि नेपालका मानार्थ वाणिज्यदूत तथा अफ्रिकाका उद्योगपति डा. सुधीर रूपारेलिया अध्यक्ष रहेको दि रूपारेलिया फाउण्डेशनले ५ हजार अमेरिकी डलर (झण्डै साढे ६ लाख रूपैयाँ बढी) सहयोग गर्ने भएको छ । त्यस्तै उक्त पुस्तकालय व्यवस्थापनका लागि नेपाल लाइब्रेरी फाउण्डेशन (एनएलएफ नेपाल)को प्राविधिक सहयोग रहने र फाउण्डेशनको टोलीले पुस्तकालय निर्माण स्थलको अवलोकन निरीक्षण समेत गरी सकेको र असोज महिनाभित्रै पुस्तकालय व्यवस्थापनको काम पूरा हुने प्रधानाध्यापक भाटले जनाएका छन् । उक्त डिजिटल लाइब्रेरीमा झण्डै १० हजार बढी पुस्तक तथा पठनीय सामाग्री उपलब्ध हुनेछन् ।

    स्व. थापा र विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष स्व. टीकाराम भाटको पहलमा उक्त विद्यालय वि. सं. २०२९ साल भदौ १ गतेदेखि सञ्चालनमा आएको हो ।FB_IMG_1692753319668.jpg

    अरूणोदय माध्यमिक विद्यालयले यस वर्षभरि नै विद्यालयको ५१ औं वार्षिकोत्सव तथा स्वर्ण जयन्ती मनाउने भएको छ भने उक्त कार्यक्रमको भदौ १ गते सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले शुभारम्भ समेत गरेका छन् ।

    विद्यालयले मनायो स्व. थापाको ७५ औं जन्मोत्सवः त्यसैबीच विद्यालयले स्व. थापाको ७५ औं जन्मोत्सव मंगलवार एक कार्यक्रमको आयोजना गरेर मनाएको छ । व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार बिष्टको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा जानकी गाउँपालिका कार्यपालिका सदस्य नरबहादुर कुमाल प्रमुख अतिथि रहेका थिए ।FB_IMG_1692753353925.jpgFB_IMG_1692753284086.jpg

    उक्त अवसरमा विद्यालयका निवर्तमान प्रधानाध्यापक कर्णबहादुर कुँवर, शिक्षक इन्द्रबहादुर थापा, देवीराम भाट, हीरालाल भाट र गोविन्द बिष्टलगायतले स्व. थापाको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै गगन फाउण्डेशनलाई क्रियाशील बनाउनु पर्नेमा जोड दिएका थिए ।FB_IMG_1692753324521.jpgFB_IMG_1692753313001.jpgFB_IMG_1692753296813.jpg

    स्व. थापा निस्वार्थी, निर्भीक, स्पष्टवक्ता, वातावरण अभियन्ता, राजनीतिकर्मी र आख्यानकार भएको चर्चा गर्दै उनका पदचाप पछ्याउन सकेमात्र उनीप्रति सच्चा श्रद्धा हुनेमा वक्ताहरूले जोड दिएका थिए । आख्यानकार स्व. थापाका सोह् सौगात (संयुक्त) कथा संग्रह–२०३५, कर्णालीको छेउछाउ उपन्यास–२०७१, पुर्खाको चिठ्ठी उपन्यास–२०७२, मेरो मधुशाला उपन्यास–२०७४, उज्ज्वली लघु उपन्यास–२०७६, महाप्रलय उपन्यास–२०७७, मरूभूमिकी महारानी लघु उपन्यास–२०७७ र अस्ताचलको ढोकाबाट उपन्यास–२०७९ प्रकाशित कृति हुन् भने दर्जनौं अप्रकाशित कृति रहेका छन् ।

    नरराजु मोबरा साहित्यिक पुरस्कार–२०७३ र सुदूरपश्चिम साहित्य पुरस्कार २०७६ बाट समेत पुरस्कृत थापा वि. सं. २००५ भदौ ५ गते अछामको पाटेखेतमा जन्मिएका हुन् भने उनको निधन २०७७ कार्तिक १९ गते काठमाडौंमा भएको हो ।

    साहारा घरका असाहयलाई भोजनः

    त्यसैबीच स्व. थापाको ७५ औं जन्मोत्सवका अवसरमा कैलालीको वर्दगोरियास्थित साहारा घरका असाहयहरूलाई भोजन गराइएको छ । स्व. थापाकी धर्मपत्नी नुतन थापा र छोरी पद्मिनी थापाले मंगलबार साहारा घरमा पुगेर भोजन गराएका हुन् । उनीहरूले साहारा घर व्यवस्थापनका लाथि स्थापना गरिने अक्षय कोषका लागि समेत आर्थिक सहयोग गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # अरुणोदय मा.वि. खैरीफाँटा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images