Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सडक सरसफाई गरी गोदावरी कृषि विकास सहकारीले मनायो स्थापना दिवस

सडक सरसफाई गरी गोदावरी कृषि विकास सहकारीले मनायो स्थापना दिवस

  • समाचार
  • आश्विन ८, २०८० सोमवार २१:४८ बजे
  • 1.9K
    SHARES
  • सडक सरसफाई गरी गोदावरी कृषि विकास सहकारीले मनायो स्थापना दिवस

    धनराज विक / ८ असोज धनगढी

    गोदावरी नगरपालिकालाई नै चकित पार्नेगरी गोदावरी कृषि विकास सहकारी संस्थाले सडक सरसफाई गरेर आफ्नो १२ औं स्थापना दिवस भव्यरुपमा मनाएको छ । जनश्रमदान गरेर कैलालीको चौकिडाँडा–फल्टुडे जोड्ने सडकमा झाडी सरसफाई गरेर शनिबार सहकारीले आफ्नो १२ औं स्थापना दिवस मनाएको हो ।1695655791435.jpg

    शनिबार एकाबिहानै घरघरबाट सहकारीका सदस्यहरु चिटिक्क परेर हातमा हँसिया, कोदालो बोकेर सडक सरसफाईमा निस्कदाको दृश्य निकै रोचक र आकर्षक देखिन्थ्यो । सहकारीका सदस्य ठाउँठाउँबाट सरसफाईमा निस्कन थालेछि सहकारीमा आवद्ध नभएका गाउँलेहरु पनि उनीहरुसंगै मिसिएर सडक सरसफाईमा सहभागी भएका थिए । सरसफाई कार्यक्रममा करिब ७ सय जनाको सहभागिता रहेको थियो । चुरे पहाडको फेदमा रहेको ओलानी बस्तीले पहाडको झल्को दिनेगर्छ । पूर्वबाट सूर्यका किरणहरु बस्तीमा पर्दै गरेका बखत आफ्नो गाउँको सडक सफागर्न स्वतस्फूत घरबाट निस्कदाको परिवेशले थप सुन्दरता थपिएको थियो । सबैको अनुहारमा देखिएको चमकले गाउँको मुहार नै फेर्न अग्रसर भएको आभास सजिलै गर्न सकिन्थ्यो ।1695655801612.jpg

    रोचकत के थियो भने खुसीले गदगद् भएर सडक सरफाईमा निस्केकाहरुले सहकारीका अध्यक्ष कृष्ण बिकको कामको एकआपसमा चर्चागर्दै आईरहका थिए । पूरै गाउँलाई एकठाउँमा संगठित गरेर गोदावरी नगरपालिकालाई नै अचम्म पार्नेगरी सहकारीको स्थापना दिवस मनाएकोमा सबैले अध्यक्ष बिकको दिल खोलेर प्रशंसा गरेका थिए ।

    कैलालीको चौकिडाँडा–फल्टुडे जोड्ने सडकमा पहाडतिरबाट झाडी सफाइ गर्दै कोलमुडा र हलौडेको समुह कोलमुडाको बसपार्कबाट तल्लो पिपल चौतारासम्म पुगेको थियो । रेगुलेटरदेखि चाक्ले खोलासम्म तराईतिरको समुह सरसफाई गर्दै अगाडी बढेको थियो । सहकारीको २९ वटा समुह सरसफाईको नेतृत्व गर्दै सडक सरफाईमा जुटेका थिए ।1695655808766.jpg

    वर्षौदेखिको ओलानीका जनताको जीवनसंग जोडिएको सडक कालोपत्रे हुने आशा निराशामा परिणत भएको छ । सडक कालोपत्रे नहुँदा अहिलेपनि ओलानीवासीले निकै सास्ती भोग्नु परेको छ । बर्सातको समयमा सडक किनारामा उम्रिएको झाडीले सडक ढाकिएर सडक नराम्रो देखिएपछि गोदावरी नगरपालिका – ११ ओलानीमै रहेको गोदावरी कृषि विकास सहकारी संस्थाले सडक सरसफाई गरेको सहकारीका अध्यक्ष कृष्ण बिकले बताए ।

    आर्थिक विकास संगै सामाजिक र मानविय विकासमा जोडदिदै आएका बिक समाज परिवर्तनका लागि सामाजिक र मानविय विकास अनिवार्य हुनुपर्ने बताउँछन् । सडक सरसफाईको काम सकिएपछि सबैजना गौडीमा भेला भएका थिए । अध्यक्ष बिकले सरसफाइमा साथदिने सबैलाई सम्बोधन गर्दै धन्यवाद व्यक्त गरेका थिए । उनले भने –“आजको जनश्रमदानले हामी हाम्रो गाउँको मुहार फेर्न सक्छौ र परिवर्तनका पक्षमा अभिन सक्छौ भन्ने प्रमाणित गरेको छ ।” सरसफाईमा देखिएको जनसहभागिताले थप सामाजिक काम गर्ने उत्साह जागेको भन्दै ओलानीले एकता र सामाजिक सद्भावको सन्देश दिएको बिकले बताए ।

    मानविय विकासका कामलाई निरन्तरता दिन आवश्यक रहेको भन्दै सरसफाई अभियानलाई निरन्तरता दिदै सामाजिक विकासका कामपनि सहकारीले गर्ने उनले बताए । “सहकारीको वार्षिक कार्यविधिमा स्थापना दिवस सामाजिक विकासका काम गरेर मनाउने घोषणा गरेका थियौ” बिकले भने ‘अझै पनि धेरै ठाउँमा सरसफाइ गर्न बाँकी रहेकोले नियमित रुपमा सरसफाइ गरिने छ ।’

    उनले सहकारीको स्थापना दिवस ४ दिनसम्म विभिन्न सामाजिक काम गरेर मनाउने बताए । ‘स्थापना दिवसको पहिलो दिन हामीले सरसफाइ गरेका छौ । दोस्रो दिन घरघरमा वृक्षारोपण गर्ने छौ’ उनले भने ‘तेस्रो दिन सहकारीमा आवद्ध सेयर सदस्यका परिवारमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई सम्मान गरी चौथो दिन सहकारीको साधारणसभा गरी अभियान समापन गरिने छ ।’ सरसफाई गर्न समुहको नेतृत्व गरेर आएकी शान्ती समुहकी अध्यक्ष मिना बिकले परक विचार राख्दै समाज र जनताका पीरमर्का बुझेकाहरुले स्थानीय सरकारको नेतृत्व गर्नुपर्ने धारणा राखिन्।

    गैरसरकारी संस्थामा लामो समय काम गरी हाल शिक्षक समेत रहेका सहकारीका अध्यक्ष कृष्ण बिकको अगुवाईमा सरसफाईमा उर्लिएको जनलहर देख्दा आफू अचम्ममा परेको बताईन् । सबैको मन जितेका बिक वडा सरकारको नेतृत्व गर्न अगाडी सरे पूरै वडानै उनको पक्षमा एकढिक्का भएर उभिने अवस्था रहेको उनले दाबी गरिन् । जनतालाई गाउँको विकास गर्ने योग्य र क्षमतावान व्यक्ति चाहिएको छ । सबैले स्वीकार्ने व्यक्तिका रुपमा यतिबेला कृष्ण बिक अगाडी देखिएकाछन् ।

    राष्ट्रिय डोजो कराते खेलाडी आनन्द बिकपनि सरसफाई कार्यक्रममा सहभागी भएका थिए । ओलानी डोजो कराते खेलाडीको नेतृत्व गरेर सरसफाईमा सहभागी भएका सन्तोष बिकले आफ्नो गाउँको सरसफाई गर्न पाउँदा खुसी लागेको बताए । सहकारीका सदस्य डिल्ली बिकले गोदावरीमै अहिले सम्मकै ऐतिहासिक सरसफाई अभियान संचालन भएको बताए । सहकारीका सक्षम नेतृत्व गरेका अध्यक्ष कृष्ण बिकले बिल्कुलै फरक तरिकाले समाज र सहकारीको हितहुने गरी कामगर्दै आएको भन्दै अध्यक्ष बिकको कामको उनले प्रशंसा गरे ।

    सहकारीका व्यवस्थापक गणेश बिकले सहकारीमा आवद्ध सदस्यहरु जिविकोपार्जनको लागि आयआर्जनका काममा अग्रसर हुँदै आएको बताए । जमिन बाँझो नराख्ने गरी सहकारीले कृषितर्फ आकर्षण हुने कार्यक्रम समेत संचालन गरेको छ । प्रतिव्यक्तिलाई १४ सय रुपैयाको ९ प्रकारको बेमौसमी तरकारीको बिउँ वितरण गरिएको छ । उनले भने –“ सहकारीका सदस्यको आर्थिक अवस्थामा सुधार ल्याउनकै लागि गतसाल २० वटा उन्नत जातको बाख्रा वितरण गरेका थियौ ।

    साथै प्लाष्टिक टर्नेल तथा थोपा सिचाई कार्यक्रम संचालन गरी मौसमी तथा बेमौसी तरकारी खेती गर्नमा सहकारीले सहयोग गरेको थियो ।” मुर्राजातका ५ वटा दुधदिने ९ वटा ब्याउने र एउटा राँगो समेत वितरण गरिएको बिकले बताए । ४ वर्षदेखि सहकारीमा आवद्ध दुर्गा देवी बिकले सहकारीबाट बीउ खरिद गरेर गोलभेडा खेती गरेको बताइन् । उनले खेती गर्न सिकाउन सहकारीबाट कृषि प्राविधिक पनि घरमै आउने भएकाले तरकारी खेती गर्न सहज भएको बताइन् । मासिक २ सय सहकारीमा बचत गर्दै आएकी बिकले आवश्यक परेका बेला सहकारीबाट ऋण पनि लिने गरेको बताइन् ।

    सहकारीकी सदस्य सुनीता देवी कोलीले सहकारीबाट अनुदानमा पाएको मुर्रा भैँसीको दैनिक डेरीमा दूध बिक्री गर्ने गरेको बताइन् । सहकारीले गर्दै आएको राम्रा कामको उनले प्रशंसा पनि गरेकीछन् । २०६७ सालमा ७ सय ४१ जना दलित समुदायबाट १५ रुपैयाबाट बचत सुरु गरिएको संस्थापक अध्यक्ष टेक बिकले बताए । । दलित विकास सेवा केन्द्र नामको संस्था स्थापना गरी सामाजिक कामको सुरुवात गरेपनि २०६९ सालमा गोदावरी कृषि विकास सहकारी संस्था लिमिटेड दर्ता गरी निरन्तर सहकारीले सामाजिक विकासका काम गर्दै आएको निवर्तमान वडा अध्यक्ष शिव बिकले बताए ।

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images