Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

एमाले सुदूरपश्चिमको युवा सदस्यमा कैलालीका तीर्थ भट्टराईको उम्मेदवारी

एमाले सुदूरपश्चिमको युवा सदस्यमा कैलालीका तीर्थ भट्टराईको उम्मेदवारी

  • समाचार
  • आश्विन २३, २०८० मंगलवार २०:५६ बजे
  • 1.2K
    SHARES
  • एमाले सुदूरपश्चिमको युवा सदस्यमा कैलालीका तीर्थ भट्टराईको उम्मेदवारी

    कैलालीको धनगढीमा जारी नेकपा एमालेको सुदूरपश्चिमको प्रथम अधिवेशनको बन्दसत्र जारी रहेको छ । बन्दसत्रको कार्यक्रममा निर्वाचन प्रक्रियाका गतिविधि अघि बढेका छन् । जसमा विभिन्न पदहरुमा उम्मेदवारी दर्ता भैरहेको छ ।

    मंगलवर भएको उम्मेदवारी दर्ताका क्रममा प्रदेश कमिटी सदस्यमा भुगोल तर्फ कैलालीका युवा नेता तिर्थराज भट्टराईले उम्मेदवारी दिएका छन् । पार्टीका प्रचारक समेत रहेका भट्टराईले यस पटक प्रदेश कमिटि सदस्यमा उम्मेदवारी दिएका हुन् ।

    प्रवासमा रहदाँ भट्टराईले लामो समय प्रवास कमिटी रहेर काम गरेका थिए । स्वदेशमा फर्किएपछि सक्रिय राजनितिमा लागेका उनले पार्टीलाई थप उचाइमा पुञ्याउनका लागि यस पटक प्रदेश कमिटी सदस्य पदमा बस्ने इच्छा जाहेर गर्दै आफ्नो उम्मेदवारी दर्ता गराएको बताएका छन् ।

    यस अघि नेकपा हुदाँ भट्टराई पार्टीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत रहेका थिए ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images