Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपाली कांग्रेस कैलालीका उप–सभापति बडूवाललाई कारबाही गर्न मुख्यमन्त्री कार्यालयमा बैठक बस्दै

नेपाली कांग्रेस कैलालीका उप–सभापति बडूवाललाई कारबाही गर्न मुख्यमन्त्री कार्यालयमा बैठक बस्दै

  • समाचार
  • आश्विन २४, २०८० बुधवार ११:०२ बजे
  • 1.2K
    SHARES
  • नेपाली कांग्रेस कैलालीका उप–सभापति बडूवाललाई कारबाही गर्न मुख्यमन्त्री कार्यालयमा बैठक बस्दै

    नेपाली काँग्रेस कैलालीका उप–सभापति भीम बहादुर बडूवाललाई कारबाही गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा बैठक बस्न  लागेको बताईएको छ । हिजो कारबाही विषयमा मुख्यमन्त्रीको कार्यालयमा बैठक बसेको भए पनि पुनः आज बिहान ९ बजे बैठक बोलाइएको काँग्रेस निकट स्रोत जनाएको छ । 

    सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा, जिल्ला सभापति नारायण दत्त भट्ट, प्रदेश अनुशासन समितिका संयोजक लोकराज अवस्थि र समितिका सदस्यहरू लगायत अन्य नेताहरुको उपस्थितिमा बैठक बस्न लागेको काँग्रेस निकट एक नेताले जानकारी दिए । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाको जोड बलमा बैठक बस्न लागेको ती नेताले जानकारी दिए ।

    बैठकको कारण काँग्रेस युवा नेता लोकराज पाण्डे ‘आगो’ र सुरत बहादुर कार्कीलाई कारबाही गरिएको विषयमा उप–सभापति बडूवालले पार्टीको लेटर प्याड प्रयोग गरी दुरुपयोग गरेको विषय रहेको बताईएको छ ।  श्रावण २५ गते  काँग्रेस कैलालीको लेटर प्याडमा सूचना जारी गर्दै बडूवालले नेपाली काँग्रेस कैलालीका पार्टी सभापति नारायण दत्त भट्टद्वारा श्रावण २२ गते दुवै नेतालाई कारबाही गरिएको पत्र विधिसम्मत नभएको बताएका थिए ।

    यसअघि काँग्रेस कैलालीको लेटर प्याडमा भट्टद्वारा जारी पत्रमा नेताद्वय पाण्डे र कार्कीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको थियो । त्यसको प्रतिवाद गर्दै उपसभापति बडूवालले कारबाही विधिसम्मत नरहेको जानकारी गराएका थिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images