Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

केदार कार्कीको पक्षमा ४६ सांसद उपस्थित / १ जना आउन बाँकी

केदार कार्कीको पक्षमा ४६ सांसद उपस्थित / १ जना आउन बाँकी

  • समाचार
  • आश्विन २७, २०८० शनिवार ०९:४९ बजे
  • 1.4K
    SHARES
  • केदार कार्कीको पक्षमा ४६ सांसद उपस्थित / १ जना आउन बाँकी

    कोसी प्रदेशमा मुख्यमन्त्रीमा समर्थन गरेका दुवै पक्षका सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा भेला भएका छन् ।  कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद सांसद परिचयपत्रसहित भेला भएका छन् । ४६ सांसद प्रदेश प्रमुखको कार्यालय आइपुगेका छन् ।

    नेकपा एमालेका ज्ञानेन्द्र सुबेदी आउन बाँकी छ । बिहीबार कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । कोसीका प्रदेश प्रमुख परशुराम खापुङले सनाखत प्रयोजनका लागि सांसदहरूलाई आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म उपस्थित हुन समय दिएका थिए । 

    मुख्यमन्त्रीमा केदार कार्कीलाई कांग्रेसका आठ र एमालेका ३९ सांसदले समर्थन गरेका छन् । अर्कोतिर माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।

    तर, उनले विद्रोह गरेका कांग्रेसका आठ सांसदलाई पनि जोडेका छन् । कोसीमा बहुमत पुर्याउन ४७ सदस्य आवश्यक पर्छ । एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते विश्वासको मत लिन नसक्दा राजीनामा दिएका थिए ।

  • सम्बन्धित विषय:

  • # डाक्टर शेखर कोइराला

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images