बलिया बचत तथा ऋण सहकारी संस्था लिमिटेड लम्कीचुहा नगरपालिका १ , लम्की , कैलालीको १० औं वार्षिक साधारणसभा लम्कीमा आज शनिबार सम्पन्न भएको छ । बलिया बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तप्तराज तिमिल्सेनाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा नं १ का वडा अध्यक्ष नेत्र प्रसाद खनाल रहेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिमा किसान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाह र जिल्ला सहकारी संघ कैलालीका सञ्चालक सदस्य सुरेन्द्र बडुवाल रहेका थिए । संस्थाको प्रगति प्रतिवेदन व्यवस्थापक ललित कुमार न्यौपानेले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य संस्थाका शेयर सदस्य देवानन्द भण्डारी , पद आपूर्ति उप समिति संयोजक शिवराज जोशी , लेखा सुपरिवेक्षक संयोजक जनार्दनराज बजगाईले व्यक्त गरेका थिए ।
संस्थाका उपाध्यक्ष पुर्ण प्रसाद बजगाईको स्वागत मन्तव्य भएको कार्यक्रमको सञ्चालन संचालक समिति सदस्य लोक बहादुर देउवाले गरेका थिए ।
कार्यक्रममा संस्थाका शेयर सदस्यहरू , सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागीता रहेको थियो ।
ऋण लिएर व्यावसाय गरेर उत्कृष्ट हुनेहरूलाई सम्मान पनि गरिएको छ । सुरेश चौधरी , सन्दिप बडुवाल , सुनिता मगर , हजुरादेवी शाह , अक्कल बहादुर रावल , लोक बहादुर बिष्टलाई सम्मान गरिएको हो । साथै उत्कृष्ट कर्मचारी कमला बटालालाई समेत सम्मान गरिएको थियो ।
बलिया बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरूको आर्थिक सुधार गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरूले सहकारीले गर्नुपर्ने काम कर्तव्य र अधिकारका विषयमा जानकारी लिएर निरन्तर लाग्नुपर्ने बताएका थिए । साथै पछिल्लो समयमा केही सहकारीका कारण राम्रो गर्ने सहकारीहरूलाई समेत एउटै ठाउँमा जोड्ने गरेकाले सचेत रहेर काम गर्नुपर्ने बताएका थिए ।



