Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

जालपा सामुदायिक वन उपभोक्ता समुहको साधारणसभा सम्पन्न

जालपा सामुदायिक वन उपभोक्ता समुहको साधारणसभा सम्पन्न

  • समाचार
  • आश्विन २७, २०८० शनिवार १९:१६ बजे
  • 1.0K
    SHARES
  • जालपा सामुदायिक वन उपभोक्ता समुहको साधारणसभा सम्पन्न

    रुख रोपौं , वन जोगाऔं भन्ने मुल नाराका साथ श्री जालपा सामुदायिक वन उपभोक्ता समूह मोहन्याल गाउँपालिका ७, राजकाँडा गोरुङ्गे कैलालीको १६ औं वार्षिक साधारणसभा वनको कार्यालयमा शनिबार सम्पन्न भएको छ ।

    जालपा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मान बहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि मोहन्याल गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष नवराज कठायत रहनु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथि सव डिभिजन वन कार्यालय चिसापानीका प्रमुख पुर्ण बहादुर बिष्ट र वाफर नेपालका प्रतिनधि प्रेम चौधरी रहेका थिए ।

    अतिथिहरूमा विभिन्न सामुदायिक वनका प्रतिनिधि , सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि , समाजसेवी , सामुदायिक वनका उपभोक्ताहरूको सहभागीता रहेको थियो ।IMG_20231014_191930.jpg

    जालपा सामुदायिक वन उपभोक्ता समूहका समुह सचिव जनक खत्रीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन आलेप संयोजक छविलाल ओलिले गर्नु भएको थियोे ।

    साथै संस्थाको प्रगति प्रतिवेदन र आगामी कार्य योजना प्रस्तुत गरिएको थियो । वनले उपभोक्ताको हकहितमा सधैं काम गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए । वनको आयव्यय विवरण प्रस्तुत गरिनुका साथै आगामी कार्यनीति समेत उपभोक्ताहरूले पास गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # वन

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images