Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

गेटामा एक सय शैय्याको अस्पताल सञ्चालन हुँदै

गेटामा एक सय शैय्याको अस्पताल सञ्चालन हुँदै

  • समाचार
  • आश्विन ३०, २०८० मंगलवार १७:०३ बजे
  • 1.1K
    SHARES
  • गेटामा  एक सय शैय्याको अस्पताल सञ्चालन हुँदै

    मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि विश्वविद्यालय घोषणा गरिएको कैलालीको गेटामा बुधबारदेखि एक सय शैय्याको अस्पातल सञ्चालन हुने भएको छ । गेटा अस्पतालका निर्देशक डा. प्रमोद जोशीले पत्रकार सम्मेलन गरी कात्तिक १ गतेदेखि सामान्य सुविधासहित एक सय शैय्याको अस्पताल सञ्चालन हुने जानकारी दिएका हुन् ।

    डा. जोशीका अनुसार जनरल ओपीडी सेवा, हाडजोर्नी तथा नशा रोग, स्त्री रोग, जनरल सर्जरी, अल्ट्रासाउन्ड सेवा, एक्सरे सेवा, प्रयोगशाला र फार्मेसी सेवासहितको अस्पताल सञ्चालन हुने भएको हो । ‘११ जना विशेषज्ञ चिकित्सकसहित बुधबारदेखि सेवा सुरु भए पनि सेवा विस्तार हुँदै जाने छ,’ डा. जोशीले भने, ‘आगामी वैशाख महिनाभित्र थप सात वटा विशेषज्ञ सेवा विस्तार गरिने छ ।’ 

    २०५१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले कञ्चनपुरको दैजीमा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेको २९ वर्षपछि मेडिकल कलेजका लागि बनेको भवनमा बुधबारदेखि अस्पताल सञ्चालन हुने भएको हो ।

  • सम्बन्धित विषय:

  • # सुदुरपश्चिम प्रदेश

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images