किसान सहकारी लम्की जेसिज कपको दोस्रो संस्करण यही कार्तिक १५ बाट सुरु हुने भएको छ । (सोमबार) लम्कीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजक संस्था लम्की जेसिज वर्ष २०२३ पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । किसान बहुउद्देश्यीय सहकारी संस्था लम्कीको प्रायोजन र लम्की जेसिजको आयोजनामा हुने प्रतियोगिता लम्कीचुहा क्षेत्रका सँस्थागत र सामुदायिक गरि १६ विद्यालया टिमको सहभागिता रहेको छ ।
टी–२० फर्मयाटमा खेलाइने खेलको विजेता टिमले ७१ हजार १ सय २१ नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने, उप विजेता टिमले ३५ हजार एक सय २१ नगद , ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । प्रथम पुरस्कार ७१,१२१ /– (एकत्तर हजार एक सय एक्काईस रुपैया ) साथै ट्रफी, मेडल र प्रमाण पत्र । त्यस्तै म्यान अफ द सिरीजलाई नगद ५ हजार १ सय, म्यान अफ द म्याचलाई नगद ५ सय २१ , बेस्ट ब्याट्स म्यानलाई ३ एक हजार १ सय २१, बेस्ट बलरलाइ ३ हजार १ सय २१, राईजिङ्ग प्लेयर ३ हजार १ सय २१, बेष्ट फिल्डरलाई ३ हजार १ सय २१ नगदका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । ११ लाख ५० हजार खर्च रहेको प्रतियोगिता व्यवस्थितनगर खेलमैदानमा खेलाइने छ ।
किसान सहकारी लम्की जेसिज कपका संयोजक घनश्याम डाँगीले लम्कीचुहा क्षेत्रलाई खेलकुदको हब बनाउनु सँगसँगै युवाहरूलाई खेलसँग जोडेर लागूऔषध जस्ता कुलतबाट जोगाउनु यस प्रतियोगिताको मुख्य उदेश्य रहको बताए । आफूहरूले निक्कै चुनौतिको सामाना गर्दै प्रतियोगिताको आयोजना गरिरहेकोले सबैले सहयोग गर्न अनुरोध समेत गरे ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि तथा लम्कीचुहा नगरपालिका वडा नं. ३ का अध्यक्ष लब बहादुर शाहीले प्रतियोगिताको सफलतको शुभकामना व्यक्त गर्दै खेलले सबैलाई एक ठाउँमा राख्ने भएकोले यस किसिमका प्रतियोगिता हुनुपर्ने बताए । त्यसैगरि वडा अध्यक्ष शाहीले व्यवस्थितनगर खेल मैदानको लागि क्रिकेट पिच निर्माणको लागि १० लाख र खेल अवलोकन गर्नेको लागि प्याराफिट निर्माणको लागि २५ लाख बजेट व्यवस्थापन गरिएको बताए ।
प्रायोजक संस्था किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले नेपाल सगरमाथा , गौतम बुद्ध , अपि हिमालका नामको सँगसँगै अब क्रिकेटको नामले परिचित हुने अवसर देखा परेको बताए । दिपेन्द्रसिंह ऐरीको उदाहरण दिदै प्रबन्धक शाहले यस्ता प्रतियोगिताबाट दिपेन्द्रसिंह ऐरी जस्तै खेलाडी बनाउन सहयोग पुग्ने भएकाले यस्ता प्रतियोगिता हुनु आवश्यक रहेको बताए । खेल प्रतियोगिताको संयाजन गर्नु नै ठूलो कुरा रहेकाले किसान बहुउद्देश्यीय सहकारी यसै क्षेत्रको संस्था भएकोले सदैव सहयोग रहने महाप्रबन्धक शाहको भनाइ थियो ।
किसान बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समिति सदस्य मनिष न्यौपानेले सुदूरपश्चिम क्रिकेटको लागि उर्बर भूमि रहेकोले राज्यले लगानी गर्नुपर्ने बताए । त्यस्तै सञ्चालक समिति सदस्य न्यौपानेले आयोजना भइरहेको प्रतियोगिता प्रति सबैको सदभाव र सहयोग हुनु पर्ने बताए ।
लम्की जेसिजका पूर्व अध्यक्ष नेत्र प्रसाद न्यौपानले अतिथिलाई स्वागत गर्दै विविध कारणले दोस्रो सँस्करण गर्नमा ढिलाई भएपनि अन्तः आयोजना गरिएको बताए ।
त्यस्तै लम्की जेसिज वर्ष २०२३ का अध्यक्ष रज बहादुर थापाले यहाँको खेल क्षेत्रदेखि लिएर पर्यटनमा टेवा पुगाउनका लागि प्रतियोगिताको आयोजना गरिएकोले सबैको सहयोग खाँचो रहेको बताए ।
कार्यक्रमको सञ्चालन लम्की जेसीजका महासचिव केशव प्रसाद शर्माले गरेका थिए ।



