प्रकाश आचार्य \खैरीफाँटा कार्तिक ८
दशैं दिपावली मिलन तथा चियापान कार्यक्रम सम्पन्न कैलालीको जानकी गाउँपालिका वडा नं ९ मा रहेकाे श्री अरुणाेदय माध्यमिक विद्यालयकाे सभाहलमा दशै दिपावली मिलन तथा चियापान कार्यक्रम बुधबार सम्पन्न भएको छ।
अरुणाेदय भूतपूर्व विद्यार्थी समाजका तदर्थ समितिका संयाेजक सराेज कुमार शाहकाे सभाध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जानकी गाउँपालिकाका अध्यक्ष गणेश चाैधरी रहनु भएको थियो । कार्यक्रमकाे विशिष्ट अतिथि जानकी गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष खकेन्द्र भण्डारी रहनुभएकाे कार्यक्रममा ,जानकी गाउँ शिक्षा समिति सदस्य हिरालाल भाट ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार विष्ट , शिक्षक अभिभावक संघ अध्यक्ष विजय रावल ,धिरज बहादुर खत्री ,दिनेश थापा,विद्यालयका प्रधानाध्यापक कपिलराज भाट,पुर्व प्रधानाध्यापक कर्ण बहादुर कुँवर,गणेश कुमार ओझेा लगायतका अतिथि रहनुभएकाे थियाे।
भुतपुर्व विद्यार्थी तदर्थ समिति सदस्य रमेश विककाे स्वागत मन्तव्यसँगै शुरु भएकाे कार्यक्रममा विजय रावल, दिनेश थापा, धिरज बहादुर खत्री गणेश कुमार ओझा,कर्ण बहादुर कुँवर ,हिरालाल भाट, खगेन्द्र भण्डारी ,प्रमुख अतिथि गणेश चाैधरी लगायतका अतिथिले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे।
कार्यक्रमकाे सान्दर्भिकता माथि प्रकाश भुतपुर्व विद्यार्थी समाज तदर्थ समिति संयाेजक सराेज कुमार शाहले गर्नुभएको थियाे।
विद्यालयका प्रधानाध्यापक कपिलराज भाटले विद्यालयकाे वर्तमान तथा भावि याेजना बारे प्रकाश पार्नुभएकाे थियाे।कार्यक्रम अरुणाेदय भुतपुर्व विद्यार्थी समाजकाे आयाेजनामा सम्पन्न भएको थियाे। कार्यक्रममा विद्यालयका पुर्व विद्यार्थीकाे उपस्थिति रहेकाे थियाे।



