Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

उदय–कौसिला स्मृतिग्रन्थको लम्कीमा विमोचन

उदय–कौसिला स्मृतिग्रन्थको लम्कीमा विमोचन

  • समाचार
  • कार्तिक ११, २०८० शनिवार १९:०८ बजे
  • 1.7K
    SHARES
  • उदय–कौसिला स्मृतिग्रन्थको लम्कीमा विमोचन

    सर्वाधिकार डा. खकेन्द्र घोडासैनीमा रहेको डा. घोडासैनी, रामप्रसाद रिमाल र डम्बरप्रसाद उपाध्यायद्धारा लेखन, सम्पानद तथा संयोजन गरिएको उदय–कौसिला स्मृतिग्रन्थको एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । कैलालीको लम्कीमा जैमिनीय मञ्चले आयोजना गरेको एक कार्यक्रमकाबीच उक्त स्मृतिग्रन्थको शुक्रबार सुदुरपश्चिम प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावलले विमोचन गर्नुभएको हो ।

    कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनुभएका डा. रावलले विमोचन कार्यक्रममा बोल्दै स्वर्गिय उदयराम उपाध्यायको बारेमा निकालिएको स्मृतिग्रन्थले उहाँको योगदानको कदर गरेको बताउनुभयो । सुदुरपश्चिमको कुनामा जन्मेर आफ्नै प्रयासले ज्ञान आर्जन गर्ने व्यक्तित्वको जीवनीलाई स्मृतिग्रन्थ मार्फत् बाहिर ल्याउने लेखन, सम्पादन गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

    यस्तै कार्यक्रममा बोल्दै भेरी साहित्य समाज कैलालीका अध्यक्ष डा. चक्र प्रसाद अधिकारीले उदयराम र कौसिला देवीको जीवनी र अछामको घोडासैन र वरपरको अवस्थालाई मार्मिक ढंगले प्रस्तुत गरिएको भन्दै यस्तो किसिमको ग्रन्थले सबैलाई पाठ सिक्ने अवसर दिएको बताउनुभयो । स्वर्गिय पण्डित उदयराम उपाध्यका विचार, उहाँका शिष्यहरुका अनुभवलाई समेटिएको भन्दै खुशि व्यक्त गर्नुभयो ।

    यस्तै भेरी साहित्य समाजका अध्यक्ष एवंम् प्राज्ञ हरिप्रसाद तिमिल्सैनाले सुदुरपश्चिम प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावलसँग विशेष रुपमा स्वर्गिय उपाध्यायको नाममा विद्यालय सञ्चालनको लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

    कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपती डा. टि.एन. जोशीले सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानले लुकेका प्रतिभाको खोजि गर्ने भन्दै स्वर्गिय उदयराम उपाध्यायको पनि प्रतिष्ठानले थप खोज र अनुसन्धान गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै जैमनीय मञ्च लम्कीचुहाका अध्यक्ष एकेन्द्र घोडासैनीले मञ्चले सानो प्रयासबाट सुरु गरेको कामलाई बृहत बनाउँदै लैजाने र मञ्चले खेल्नुपर्ने भूमिकालाई थप शसक्त बनाउँदै लैजाने बताउनुभायो ।

    कार्यक्रममा बोल्दै लेखक डा. खगेन्द्र घोडासैनीले आफ्नो पिएचडीको अनुसन्धान गर्न जाने क्रममा अछाममा आफ्नो बुवाका अनुयायीहरुले बुवाको बारेमा गरेको बयानले आफुलाई उदय–कौसिला स्मृतिग्रन्थ लेख्ने प्रेरणा मिलेको बताउनुभयो ।

    बिमोचन कार्यक्रममा बोल्दै लम्की बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख बद्रिप्रसाद लम्सालले उक्त स्मृतिग्रन्थको समिक्षा गदै स्मृतिग्रन्थ सबैका लागि मार्गदर्शक बन्ने बताउनुभयो । जैमनिय मञ्च लम्कीचुहाका अध्यक्ष एकेन्द्र घोडासैनीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तपेन्द्र घोडासैनीले गर्नुभएको थियो । कार्यक्रममा जैमनीय मञ्चमा आबद्ध विभिन्न व्यक्तिहरूको सहभागीता रहेको थियो ।IMG_20231028_190412.jpg IMG_20231028_190439.jpg

  • सम्बन्धित विषय:

  • # साहित्य

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images