Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

जाजरकोटमा फेरि दुई पटक भुकम्प गयो

जाजरकोटमा फेरि दुई पटक भुकम्प गयो

  • समाचार
  • कार्तिक १९, २०८० आइतवार ०९:४२ बजे
  • 1.0K
    SHARES
  • जाजरकोटमा फेरि दुई पटक भुकम्प गयो

    जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर फेरि दुई पटक भूकम्प गएको छ। जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

    केन्द्रका अनुसार आज बिहान १ः२२ बजे ४ म्याग्नेच्युड र बिहान ४ः५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको हो। शुक्रबवार राति ११ः४७ बजे रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएयता सोही स्थानलाई केन्द्रबिन्दु बनाई आधा दर्जन बढी पराकम्पनहरू गइरहेका छन्।

    भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोही राति १२ः०८ बजे ४.५ म्याग्नेच्युडको, १२ः२९ बजे ४.२ म्याग्नेच्युडको, १२ः३५ बजे ४.३ म्याग्नेच्युडको, शनिबार बिहान ४ः१६ बजे ४.६ म्याग्नेच्युडको, शनिबार दिउँसो ३ः४० बजे ४.२ म्याग्नेच्युडको, आइतबार बिहान १ः२२ बजे ४ म्याग्नेच्युडको र आजै बिहान ४ः५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको हो।

  • सम्बन्धित विषय:

  • # जाजरकोट
  • # भुकम्प

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images