Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

जोलजिबी मेला सांस्कृतिक महोत्सवको मुख्यमन्त्री शाहद्वारा समुद्घाटन

जोलजिबी मेला सांस्कृतिक महोत्सवको मुख्यमन्त्री शाहद्वारा समुद्घाटन

  • समाचार
  • मंसिर २, २०८० शनिवार २१:२१ बजे
  • 2.9K
    SHARES
  • जोलजिबी मेला सांस्कृतिक महोत्सवको मुख्यमन्त्री शाहद्वारा समुद्घाटन

    दार्चुला जिल्लामा मनाइने ऎतिहासिक जोलजिबी मेला सांस्कृतिक महोत्सव २०८० को समुद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि कमल बहादुर शाहले गर्नु भएको छ । शुक्रबार दार्चुला पुग्नु भएका मुख्यमन्त्री शाहले जोलजिबी सांस्कृतिक महोत्सवको समुद्घाटन गर्नु भएको हो ।IMG-20231118-WA0018.jpg

    कार्यक्रममा विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री शिबराज भट्ट र उद्योग,वन,वातावरण तथा पर्यटन मन्त्री रमेश सिंह धामी रहनु भएको कार्यक्रमका अतिथि सुदूरपश्चिम प्रदेश सभासदस्य बिक्रम सिंह धामी , दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी ,स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि,नेताकार्यकर्ता,जिल्ला बासी,नागरिक समाज,पत्रकार लगायत सुरक्षा निकायका प्रमुखको भब्य उपस्थितिमा समुद्वाटन कार्यक्रम सम्पन्न भएको छ। ऎतिहासिक जोलजिबी मेला सास्कृतिक महोत्सव मंसिर ०१ देखि मंसिर ३ सम्म सञ्चालन हुनेछ ।IMG-20231118-WA0037.jpg

    दार्चुला जिल्ला भ्रमणका क्रममा सुदुरपश्चिम् प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले राष्ट्रिय सात धाम मध्येको एक धाम मालिकाअर्जुन धामको दर्शन तथा आशीर्वाद ग्रहण गर्नुका साथै दार्चुला जिल्लाको पस्तीमा अवस्थित श्री शंकरपुर उच्च माध्यमिक बिद्यालयको अवलोकन समेत गर्नु भएको छ ।IMG-20231118-WA0003.jpg

    मुख्यमन्त्री शाह मुख्यमन्त्री भइसकेपछि दार्चुला जिल्लाको दोस्रो भ्रमण हो ।IMG-20231118-WA0022.jpg

    प्रदेश सरकार भएको महसुस गराउन मुख्यमन्त्री शाह प्रदेशका ९ जिल्लामा पुगेर जनतासँग भेटघाट तथा समस्या बुझ्नुका साथै समाधानका विषयमा समेत छलफल अगाडि बढाउन केन्द्रित हुनुहुन्छ ।IMG-20231118-WA0008.jpg

    जनताको सुखदुःखमा सधैं एक कदम अगाडि रहने शाह प्रदेशको सम्वृद्विका लागि विभिन्न योजना अगाडि बढाउनु भएको छ ।IMG-20231118-WA0048.jpgIMG-20231118-WA0056.jpgIMG-20231118-WA0055.jpgIMG-20231118-WA0045.jpgIMG-20231118-WA0062.jpg

  • सम्बन्धित विषय:

  • # दार्चुला

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images