दुई दसक भन्दा बढी समयदेखि राजनीति र समाजिक क्षेत्रमा निरन्तर सक्रिय रहेकी सुदुरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मी विकलाई अर्थशास्त्री, पुर्व अर्थमन्त्री तथा राजदुत डा यादव प्रसाद पन्तकाे ९९ औं जन्म जयन्तीकाे अवसरमा डा यादव प्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान नेपालले आयाेजना गरेकाे अभिन्दन तथा सम्मान कार्यक्रममा विकलाई समाजिक सम्मान प्रदान गरिएकाे छ ।
विद्यार्थी जीवन देखि राजनीति सक्रिय रहेकी लक्ष्मी विक समाजिक विभेद, असमानता, छुवाछुत लैगिक विभेद, अन्यायका विरुद्ध निरन्तर अवाज उठाउने हक्की स्वभाव भएकी ब्यक्ति हुन । २०५६ देखि अनेरास्ववियु ( छैठौं ) काे सदस्यता लिई उक्त संगठनमा विभिन्न पद रहेदै सुदुरपश्चिम प्रदेशमा विधार्थी राजनीतिमा जिल्ला अध्यक्ष हुने पहिलाे दलित महिला हुन ।
मसाल निकट जनमाेर्चा नेपालमा एक दसक लामाे राजनीतिक जीवनमा पार्टी तथा जनवर्गीय संगठनहरुका विभिन्न जिम्मेवारी रही २०६६ मा पार्टी एकताबाट नेकपा माओवादी केन्द्रवाट राजनीतिमा रहेकी युवा नेतृ विक हाल पार्टीकाे केन्द्रीय सदस्य तथा दार्चुला जिल्ला ईन्चार्ज हुनहुन्छ ।
जातीय तथा लैगिक विभेदकाे दाेहराे उत्पीडन, विभेद, छुवाछुत र वहिष्करणमा परेका दलित र सीमान्तीकृत महिलाहरुकाे हक अधिकारका आर्थिक समाजिक र राजनीतिक सशक्तीकरणका उदेश्यले २०७१ सालमा दलित महिला संघ दार्चुला नामक संस्था जिल्ला प्रशासन दार्चुलामा दर्ता गरि स्थापना भएकाे समाजिक संस्थाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुकाे समन्वय सहकार्य र सहयाेगमा दलित गरिव विपन्न महिलाहरुकाे शशक्तीकरण, क्षमता तथा नेतृत्व विकास, जिविकाेपार्जन, समाजिक सचेतना, राजनीतिक सहभागीताका क्षेत्र उल्लेखनीय काम गर्दै अाएकाे छ ।
टेवा नेपालकाे सहयाेग याे संस्थाले दार्चुला जिल्लाका वाढी पहिराे पीडितहरुलाई खाधान्न, गर्भवतीहरु न्यानाे कपडा,वालवालिकाहरुलाई स्टेशनरी पाेशाक लारगायतका राहत समाग्री वितरण गरि प्राकृतिक प्रकाेपमा समेत उल्लेखनीय कार्य गरे बापत डा पन्त अनुसन्धान तथा विकास प्रतिष्ठानले संस्था तथा त्यसकाे नेतृत्व गर्ने लक्ष्मी विकलाई नगद पच्चीस हजार तथा सम्मान पत्र सहित समाजिक सम्मान गरेकाे प्रदेश सभा सासद विककाे सचिवालयले जनाएकाे छ ।



