सुदूरपश्चिमका युवा जाजरकोटका भूकम्प पीडितका घर बनाउदै छन्। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको समूहले जाजरकोटका भूकम्प पीडितका घर निर्माणको काम गरिरहेका छन् ।
जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ कल्पथमा उनीहरूले श्रमदान गर्दै आएका हुन्। राष्ट्रिय युवा संघ सुदूरपश्चिमका अध्यक्ष अरुण कुँवरको नेतृत्वमा २३ जनाको समूहले भूकम्प पीडितका अस्थायी घर निर्माण गर्दै आएको बताए।
उनका अनुसार युवा संघको प्रदेश महिला विभाग प्रमुख श्रेयाराज्य लक्ष्मी सिँह, कैलाली अध्यक्ष लक्ष्मण थापा, प्रदेश सदस्य विजय थापासहितका २३ जनाको समूहले टहरा निर्माण तथा भत्किएका भवनहरूका सामान ओसार्दै आएको छन् ।
एक हप्तादेखि सुदूरपश्चिमको युवाको समूह जाजरकोटका भूकम्प पीडितको अस्थायी घर निर्माणमा जुटेका हुन् ।




