Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

पार्टीको आधिकारिकता र सूर्य चिन्ह ओली पक्षलाई दिन्छ ढुक्क हुनुस्ः नेम्वाङ

पार्टीको आधिकारिकता र सूर्य चिन्ह ओली पक्षलाई दिन्छ ढुक्क हुनुस्ः नेम्वाङ

  • समाचार
  • फाल्गुण ६, २०७७ बिहिवार ०९:४६ बजे
  • 559
    SHARES
  • पार्टीको आधिकारिकता र सूर्य चिन्ह ओली पक्षलाई दिन्छ ढुक्क हुनुस्ः नेम्वाङ
    • कर्णाली भ्यूज

    पूर्व सभामुख तथा नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले सरकारले तोकेको मितिमै निर्वाचन हुने दाबी गर्नुभएको छ ।

    बिहीबार इलाममा नेकपा ओली पक्षको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले निर्वाचनमा नजाने भन्नु प्रतिगमन रहेको बताउनुभएको हो ।

    उहाँले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा रहेकाले ताजा जनादेशमा जाने सरकारको निर्णय जायज भएको तर्क गर्नुभयो ।

    जनताबाट अनुमोदन हुनबाट डराएर केही नेताले निर्वाचनविरुद्ध प्रचारबाजी गरेकोसमेत उहाँको आरोप छ ।

    कार्यक्रममा उहाँले पार्टीको आधिकारिकता पनि आफ्नो पक्षको भएको दाबी गर्नुभएको छ ।

    निर्वाचन आयोगले सूर्य चिन्ह पनि आफुहरुर्लाइ नै दिने भन्दै नेता नेम्वाङले कार्यकर्ताहरुलाई ढुक्क हुन आग्रह गर्नुभयो ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images