Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नयाँ नेतृत्व चयन गर्दै NELTA को ११ औं साधारण सभा सम्पन्न

नयाँ नेतृत्व चयन गर्दै NELTA को ११ औं साधारण सभा सम्पन्न

  • समाचार
  • मंसिर १५, २०८० शुक्रवार २०:०० बजे
  • 1.1K
    SHARES
  • नयाँ नेतृत्व चयन गर्दै NELTA को ११ औं साधारण सभा सम्पन्न

    नेपाल इङ्लिस ल्याङ्गवेज टिचर्स एसोसियन (NELTA) कैलालीको ११ औं बार्षिक साधारण सभा एक कार्यक्रमका बिच नेल्टा कैलालीको आफ्नै कार्यालय भवन शिवनगर धनगढीमा शुक्रबार सम्पन्न भएको छ ।

    नेल्टा, कैलालीका अध्यक्ष लक्ष्मण दत्त भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश नेल्टाका अध्यक्ष रामजी हमाल रहनु भएको थियो ।

    नेल्टाका सचिव धर्मदेव नौन्यालले सञ्चालन गरेका थिए । 

    कार्यक्रमका विशिष्ट अतिथि नेल्टा कैलालीका पुर्व अध्यक्ष तथा सल्लाहाकार यज्ञराज पाण्डेय र केशव दत्त भट्ट रहेका थिए । अतिथिहरूमा सुदूरपश्चिम प्रदेश नेल्टाका सह–सचिव अर्जुन रजवार, कैलाली बहुमुखी क्याम्पसका उप– प्राध्यापकहरु मोहनसिंह साउँद, डा. हरिचन्द्र कमली र सिताराम भट्ट रहनुभएको थियो ।

    कार्यक्रममा नेल्टा कैलालीको स्थापना कालदेखी संस्थाको बिकासमा महत्वपूर्ण योगदान पुगाएको भन्दै पुर्व अध्यक्ष तथा सल्लाहाकार केशव दत्त भट्टलाइ दोसल्ला सहित पप्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

    साथै उक्त कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका उप– प्राध्यापक मोहनसिंह साउँदले Cultural Pedagogy in ELT बिषयमा एक कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो ।

    ११ औं बार्षिक साधारण सभाले आगामी कार्यकालको लागि धर्मदेव नौन्यालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।

    नवगठित कार्यसमितिको उपाध्यक्षमा भिम के.सी, सचिवमा सुमन श्रेष्ठ , कोषाध्यक्षमा रमेश प्रसाद जोशी, सदस्यहरुमा मोहनसिंह साउँद, सुभाष चन्द्र भण्डारी , निर्मला जोशी, पार्वती जोशी, कुञ्जा भट्ट, र चुडामणि गजुरेल सर्वसम्मत चयन भएका छन् ।

  • सम्बन्धित विषय:

  • # #education
  • # शिक्षा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images