श्री बाबियाचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १४ओै वार्षिक साधारण सभा पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा भव्य रुपमा शनिबार सम्पन्न भएको छ ।
कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसीको प्रमुख आथित्यमा सम्पन्न साधारणसभाको सभापतित्व श्री बाबियाचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष जीवन ढुगांनाले गर्नु भएको थियो ।
कार्यक्रममा समाजसेवी , बुद्धिजीवी , उपभोक्ताहरू , विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागीता रहेको थियो ।
सम्मानित साधारण सभामा आर्थिक वर्ष २०७९/८० मा कुल २,०५,४१७३१/४६ ( दुइ करोड पाच लाख एकचालिस हजार सात सय एकतिस रुपैया छयालिस पैसा ) को आय व्याय प्रस्तुत गरिएको थियो ।
साधारणसभा होटल डेभिड प्रा. लि.बाबियाचौर सुर्खेतमा भएको थियो ।



