रंगप्रसाद तिमिल्सैना लम्की/ मंसिर १९
लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवामा रहेको बालकल्याण माध्यमिक विद्यालयको २१ औं वार्षिकोत्सब कार्यक्रम आज मंगलबार सम्पन्न भएको छ । बालकल्याण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद न्यौपानेको सभापतित्वमा भएको वार्षिकोत्सब कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाही रहनुभएको थियो ।
कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नेत्रप्रसाद खनाल र लम्कीचुहा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख शिक्षा अधिकृत गौरीकान्त न्यौपाने विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक व्यवस्थापन समितिकका अध्यक्ष चन्द्रप्रसाद जैशी, जनकल्याण सामुदायिक वन उपभोक्ता समूह भुरुवाका अध्यक्ष भेबुराम चौधरी , पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम पुडासैनी र रतन बिक , लम्कीचुहा उधोग वाणिज्य संघका अध्यक्ष पदमराज चैलागाई, लम्कीचुहा नगरपालिका कार्यपालिका सदस्य ज्योति बिक, लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुपलाल जैशीले स्वागत मन्तव्य राख्नुका साथै विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा मिनादेवी न्यौपाने र कस्मिरा खत्रीलाई उत्कृष्ट वर्ष अभिभावक तथा शिक्षिका नान्कला खनाललाई उत्कृष्ट वर्ष शिक्षकका रुपमा सम्मान गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा विद्यालयबाट सहभागी भएर गत वर्ष खेलकुद प्रतियोगितामा विभिन्न स्थान प्राप्त गर्ने भुमिका बढाथोकी, करुणा बडुवाल, चन्द्रीका मिजार, सिवानी साउद, सुनिता शाही, विनिता साउदलाई नगद सहित सम्मान पत्रले सम्मान गरिएको छ भने पुर्व विद्यार्थी बिनोद थापालाई सामाजिक तथा मानवीय सेवामा पुर्याएको योगदानको मूल्याकंन गर्दै सम्मान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैनाले जानकारी दिनुभएको छ ।
कार्यक्रममा गत शैक्षिक सत्रमा सरसफाइ तर्फ , मनिटर तर्फ र अनुशासिततर्फ उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै विद्यार्थीहरुले सास्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैनाले गर्नुभएको थियो ।



