Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

“परिवर्तनका पक्षमा उभिएकी क्रान्तिकारी आमाको निधन”

“परिवर्तनका पक्षमा उभिएकी क्रान्तिकारी आमाको निधन”

  • समाचार
  • मंसिर २१, २०८० बिहिवार २१:०८ बजे
  • 2.9K
    SHARES
  • “परिवर्तनका पक्षमा उभिएकी क्रान्तिकारी आमाको निधन”

    धनराज विक (अविरल) मंसिर २१ माल्टा

    जीवनभर परिवर्तनका पक्षमा उभिएकी क्रान्तिकारी आमाको निधनमा ओलानी पूरैगाउँ शोकमा डुबेको छ । सामाजिक परिवर्तनका पक्षमा लाग्न हौसला दिने आमाको निधनले परिवर्तनकारी युवालाई ठूलो चोट परेको छ यतिबेला । शारीरिक रुपमा अशक्त आमाको मुहार सधैं हँसिलो देखिन्थ्यो । राम्रा काम गरेका युवालाई सकिनसकी भेटेरै काँधमा धाप मारेर बधाई तथा शुभकामना दिने आमालाई सबैले सम्झि रहेका थिए । सामाजिक विभेदका विरुद्ध युवाहरुले बोल्नुपर्ने भन्दै उर्जाथप्ने आमाको निधनमा दुःख प्रकट गर्न आएका सबैको आँखामा आँशु देखिन्थ्यो ।

    घरको आँगनमा राखिएको पार्थिव शरीर माथि श्रद्धापूर्वक खादा फूलमालाले सम्मान व्यक्त गरिरहेको दृश्य निकै घतलाग्दो थियो । घरको यत्रतत्र छरिएका जोकोही पनि आमाको मिजासिलो व्यवहार र क्रान्तिकारी छविको प्रशंसा गरी रहेका थिए । मत्युपछि पनि यतिधेरै प्रशंसा पाएको यस गोदावरी नगरपालिकाको ओलानीमा पहिलो व्यक्ति उहाँ नै भएको गोदावरी खानेपानीका अध्यक्ष कृष्ण पुनेबाटीले भावुक हुँदै बताए।01.jpg

    जीवनभर सामाजिक परिवर्तनका पक्षमा उनी निरन्तर लागि रहिन् । छाउपडी कुप्रथाले ग्रसित समाजमा उनले छाउपडी कुप्रथाको बारेमा बोल्ने हिम्मत गरिन् । गाउँघरमा जताततै छाउपडी गोठमा महिलालाई पशु सरह राखेको उनलाई पटक्कै मन परेको थिएन । २०५८ सालदेखि परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्छ भन्दै महिनावारी भएका आफ्ना छोरीलाई उनले घरमा राखिन् र आफूपनि घरभित्रै बस्न थालिन् । उनले घरमा बस्ने र बसाल्ने मात्र काम गरिनन् महिनावारी हँुदा पानी खाना पकाउने, गाई दुहुने सम्मका सबै कामको थालनी गरिन् ।08.jpg

    त्यसैगरी जातीय छुवाछूतको पनि उनले सधै विरोध गरी रहिन् । समाजमा जातीय छुवाछूत व्याप्त भइरहेको बेला दलित भित्रहुने छुवाछूतका विरुद्ध दरो रुपमा उभिईन् । दलित भित्रै अछूतमा रहेकालाई भान्सामा बोलाएर संगै खाना खाने र चाडपर्वमा टीका थाप्ने कामको पनि उनले सुरुवात गरिन् । चम्फादेवीले गाउँघर र समाजलाई सरसफाई राख्नुपर्छ भन्दै सचेतनाको आवाज पनि उठाई रहिन् । यसरी आफ्नै घरबाट परिर्वतनको सुरुवात गरी समाज परिवर्तनमा लागेकी चम्फादेवी बिकको .२०१८ साल कार्तिक ३० गते जन्म भएको हो । अछाम जिल्लाको तत्कालीन साविक दुनि गाविस चौखुट्टे लिउसनमा बुवा काले लुहार र आमा पार्वती लुहारको तेस्रो सन्तानको रुपमा उनको जन्म भएको हो । २०८० साल कार्तिक १० गते शुक्रबारका दिन सेती प्रादेशिक अस्पताल धनगढीमा ६२ बर्षको उमेरमा उपचारकै क्रममा निधन भएको छोरा कृष्ण बिकले बताए ।07.jpg

    बाँचुन्जेल क्रान्ति गरेकी चम्फादेवीले यो संसारबाट बिदा भएर पनि क्रान्तिकै उद्घोष गरेर गइन् । उनले घरपरिवार र समाजका व्यक्तिलाई भनेकी रहिछन् “म मरेपछि मेरो किरियाँ नगरिदिनु । मेरो घरपरिवारले मेरालागि बाँचुन्जेल केहीपनि बाँकी नराखेर मेरो सेवा गरेकाछन् ।” बाचुन्जेल वास्ता नगर्ने मरेपछि समाजलाई देखाउनकै लागि गरिने कर्मकाण्ड वाह्यिात हो । मरेका मान्छेले पाउछन् भनेर पिण्ड बगाउने, बाहुनलाई दान दक्षिणा दिने, सुत्ने खाटदिने,लुगाकपडा दिने, खानेकुरा दिने,किरियाँ बसेकाले कसैलाई नछुने यस्तो ढोंगी नाटक आफू मरेपछि नगर्नु भनेर घरपरिवार र समाजलाई आमाले सधैं भन्ने गरेको समाजसेवी एवम् बुद्धिजिवी टेक बिकले बताए ।03.jpg

    कार्तिक ११ गते शनिबारका दिन अन्तिम दाहसंस्कारको लागि पार्थिव शरीर शव बाहनमा राखेर गोदावरीमा लगियो । बाटोमा जाँदैगर्दा बोराडाँडीमा संजोग हो या नेपाली सेनाले मृतकप्रति नियमित गर्ने सम्मान हो त्योत थाहा भएन तर नेपाली सेनाबाट पनि आमाले सलाम पाउनुभयो । क्रान्तिकारी आमाले मृत्युपछि पनि राष्ट्रबाट सम्मान पाएकोले निकै खुसी लागेको गोदावरी नगरपालिका वडा नम्बर ११ का निवर्तमान वडा अध्यक्ष शिव बिकले बताए । नेपाली सेनाको श्रद्धाको कामलाई मलाम गएका सबैले मुक्त कन्ठले प्रशंसा गरेको बिक बताउँछन् ।05.jpg

    दिउँसोको ३ बजेको समयमा गोदावरी खोलाको किनारमा आमाको पार्थिव शरीर जलिरहेको थियो । खोई कहाँ पुग्नलाई हो खोलाको पानी आफ्नै गतिमा निरन्तर बगिरहेको थियो । सुनसान जंगलको बीचमा रहेको खोलामा चराहरुको चिरबिर आवाज आईरहेको थियो । खोलाको पश्चिमतर्फ आमाको हार्दिक श्रद्धान्जली लेखिएको ब्यानरको तस्बीरले जरिहेको शव हेरी रहेको र्झै देखिन्थ्यो । यो सबै दृश्य देखेर मलामी सबै स्तब्ध बनेका थिए भने भावुक बनेर रोहीरहेका थिए । क्रान्तिकारी आमाको छवीले शव जलेर खरानी भईरहेको घाटमा पनि परिवर्तनको कुरागर्न प्रेरित गरी रह्यो । घरका परिवार र मलाम गएका सबै खोलाको किनारमा एकठाउँमा जम्मा भएर किरिया गर्ने नगर्ने बारेमा छलफल गरे । समाज परिवर्तनमा लागेका गोदावरी कृषि विकास सहकारीका अध्यक्ष एवम् श्री सरस्वती माध्यामिक विद्यालय ओलानीका शिक्षक समेत रहेका छोरा कृष्ण बिक आमाले भने बमोजिम नै किरियाँ नगर्ने पक्षमा उभिए ।04.jpg

    उनको निर्णयलाई बृद्धबुवा, दिदीबहिनी भाई र परिवारका अन्य सदस्यले पनि साथ दिए । घाटमा पनि परिवर्तनकारी निर्णय गरेकोमा मलामी सबैले कृष्ण बिकको परिवारको तारिफ गरेको लम्कीचुहाबाट शोकप्रकट गर्न घाटमै पुगेकी नेकपा माओवादी केन्द्रकी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् जनकलाकार बिष्ना बिसी सपनाले बताईन् । क्रान्तिकारी आमाको परिवर्तनकारी विचारको प्रभाव ओलानी गाउँमा र पुरै परिवारमा परेको मैले पाए । सामाजिक विभदेका विरुद्ध आमाले एक्लै गरेको क्रान्ति ठूलो सामाजिक क्रान्ति हो । एकदिन योगदानको समयले मूल्यांकन जरुर गर्नेछ र गर्नैपर्छ । परिवर्तनका पक्षमा लागेका जोकोहीले आमाको सामाजिक योगदानको उच्च सम्मान र कदर गर्दै मृत्युपरोणान्त सम्मान गर्नुपर्ने बिसीले बताईन् । क्रान्तिकारी आमाको प्रशंसा गरेका ओलानीका परिवर्तनकारी युवाहरुहरुले आमाको सम्मान गर्न नचुक्ने विश्वास आफूले गरेको उनी बताउछन् । बिसीले भनिन् –“ शवसंगै यस ठाउँका महिलाहरु मलामी भएर अहिलेसम्म घाटसम्म कोही आएका रहेनछन् ।

    पहिलो पटक मलामी भएर घाटमै पुगेको कृष्ण सरका दिदि र बहिनी रहेछन् ।” फेरीपनि अर्को नयाँ सामाजिक क्रान्तिको आजबाट सुरु गरेकाछन् समाजले यो देन कहिल्यै बिर्सनु हुँदैन । आमाले परिवर्तनको बाटो देखाएकोले हामी छोरा र छोरीमा हिम्मत बडेको भारतबाट आएकी छोरी रेखा सुनारले बताईन् । सरस्वती माध्यामिक विद्यालय ओलानीका शिक्षक गणेश बिकले क्रान्तिकारी आमाको निधनले आफू निकै दुःखी भएको बताए । केही समय पहिले मेरो बुवा बितेको बेला मैलेपनि किरियाँ गरिन् । मेरो निर्णयमा मेरा परिवारले साथ दिएनन् । गाउँसमाज मिलेर मलाई सबैले एक्लो बनाए । आमा चम्फादेवी बिकले मलाई साथ दिईन् ।

    छोराले धेरै राम्रो काम गरेको भन्दै मेरो हिम्मत बढाउने काम गरिन् । जिउँदोछँदा वास्ता नगर्ने मरेपछि बाहुनलाई दानदक्षिणा दिने यो संस्कार गलत हो,म मरेपछि मेरो किरियाँ नर्गनु भनेर समाजलाई सुनाउँदै आफूले गरेको निर्णयको पक्षमा उभिएको उनले घरीघरी सम्झिए । युरोपमा बस्दै आएका कैलाली अत्तरिया घर भएका दिनेश नगरीले परिवर्तनकारी आमा उदाहरणीय आमा भएको बताए । आफूले घरपरिवारका सदस्यझैं सम्मानपूर्वक मिलेर बसेको र आमाको व्यवहारले कहिल्यै पनि जातीय छुवाछूतको महसुुस गर्नु नपरेको नगरीले बताए । तत्कलीन समयका वडा अध्यक्ष एवम् नेकपा एमालेका नेता भानसिंह बिकले अलग्गै बसेर हिन्दु संस्कार अनुसार किरियाँ नगरेको र सबैसंग बसेर परिवारका सदस्यले शोकमात्र मनाएको बताए । १३ दिनको दिन शोक श्रद्धाञ्जलीसभा आयोजना गरेर आमाको सामाजिक योगदानको बारे चर्चा गरिएको निवर्तमान वडा अध्यक्ष शिव विकले बताए ।

    छोरा कृष्ण बिकले शोकको समयमा साथदिने समाजलाई धन्यवाद् दिदै मृतक आमाको संघर्षको जीवनगाथा सुनाएका थिए । चम्फादेवीले ६ वर्षको बाल्यावस्थामै ममतामयी आमा गुमाइन् । चार दिदिबहिनि एक भाईको हेरचाह गर्ने जिम्मेवारी पनि उनीमाथि थपियो । आमा गुमाएको केहि वर्षमै एकमात्र कान्छो भाईपनि चम्फाले गुमाउनु प¥यो । पहाडमा निकै कष्टपूर्ण जीवन जीउनु परेपछि कान्छा बुवाका छोराले तराईमा आफु संगै लिएर आएका थिए । तराई आएकै वर्ष चम्फाले अछाममा रहेका बुवालाई पनि गुमाईन् । सानै उमेरमा एकपछि अर्को परिवारका सदस्य गुमाउँदाको पीडा कलिलो उमेरमा सहनु प¥यो ।received_6833530826766481.jpeg

    १४ बर्षको कलिलो उमेरमा डोटि जिल्ला, सानागाउँ बस्ने गगन सिंह विक संग २०३२ सालमा विवाह भयो । उनले ५ वटा छोरी २ वटा छोरा गरी ७ वटा सन्तानलाई जन्म दिईन् । २ वटा सन्तान भएकी जेठानीको निधन भएपछि तीदुई सन्तानको संरक्षण गर्ने कामपनि चम्फादेवी आफैले गरिन् । दुःखीलाई दुःखमाथि दुःख भनेजस्तै घरको कामगर्ने बेला कम्मरमा लागेको चोटले उनी थला परिन् ।

    उपचारको लागि उनका श्रीमान गगनसिंह विकले नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराए पनी चम्फादेवी पहिलेको जस्तै अवस्थामा फर्कन सकिनन् । सामाजिक परिवर्तनका पक्षमा उभिदै आफ्ना रहहरु मारेर परिवारको लागि ठूलो त्याग गरेको गगनसिंहले बताए ।received_6833530826766481.jpeg07.jpg

  • सम्बन्धित विषय:

  • # परिवर्तन

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images