Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

घोरीघोरा लवांगी पुजा तथा थारू सांस्कृतिक महोत्सव २०८० हुने

घोरीघोरा लवांगी पुजा तथा थारू सांस्कृतिक महोत्सव २०८० हुने

  • समाचार
  • मंसिर २३, २०८० शनिवार १९:४३ बजे
  • 1.4K
    SHARES
  • घोरीघोरा लवांगी पुजा तथा थारू सांस्कृतिक महोत्सव २०८० हुने

    कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी मन्दिर परिसरमा यो वर्ष पनि घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव-२०८० हुने भएको छ । “भाषा,धर्म,कला,संस्कृती के करी सम्मान, घोरीघोरा मन्दिर थारुन के दउ थान के चिन्हैन हमार अभियान” भन्ने मूल नाराका साथ घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव २०८० हुने भएको हो । घोडाघोडी मन्दिर परिसरमा शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै सांस्कृतिक महोत्सवको तयारी सुरु भएको जानकारी गराइएको छ ।IMG_20231209_194042.jpg

    घोडाघोडी नगर भल्मन्सा कार्य समिति, घोडाघोडी सन्त समागम समाजको सहकार्य र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा मसिंर २९ गते देखी पौष १ गते सम्म घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । लवाङ्गी पूजा तथा महोत्सवका लागि तयारी सुरु गरिएको घोडाघोडी तथा संस्कृति संरक्षण समाजका अध्यक्ष चन्द्र चौधरीले जानकारी दिए ।

    महोत्सवमा घोडाघोडी नगरपालिका भित्रका ८२ गाउँका स्थानीयहरूको उपस्थित हुने बताइएको छ । महोत्सवमा थारु संस्कृति भल्काउने झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति सँगै थारु समुदायको भेषभुषा झल्काउने विभिन्न नाचहरू समेत प्रस्तुत हुने आयोजकले जनाएको छ ।

    कार्यक्रममा थारु समुदायको पुरानो बडका नाच, सखिया नाच, लाठी नाच, झुम्रा नाच, दिन नचुवा नाच, धमार, मांगर लगायतको प्रस्तुति हुने जनाइएको छ । थारु समुदायले घोडाघोडीमा लवाङ्गी पूजा परापूर्वक काल देखी गदै आएको बताइन्छ । अन्नबाली घर भित्राइसकेपछि त्यो अन्नबाली देउतालाई चढाउनु पर्ने मान्यता सहित यहाँ लवाङ्गी पूजा मनाइने गरिन्छ ।

    महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले समुउद्घाटन गर्ने आयोजकले बताएका छन् । 

    पत्रकार सम्मेलनमा घोडाघोडी नगर भल्मन्सा कार्य समिति, घोडाघोडी सन्त समागम समाज र घोडाघोडी तथा संस्कृति संरक्षण समाजका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # महोत्सव

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images