बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका -१ घर भएका दिलिप कुमार भट्ट रोजगारीको सिलसिलामा मलेसिया जानुभयो । कमाएर घर बनाउने र छोरीलाई इन्जिनियर पढाउछु भनेर ठूलो सपना बोकेर गएका थिए । 
दिलिप । २३ गते राति करिब ११:२५ बजे काठको बाकसमा मलेसियन एयरलाइन्सबाट दिलिपको शव त्रिभुवन एयरपोर्टमा ल्याइएको थियो ।
समाजसेवी तथा प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयमा कार्यरत सावित्री अधिकारीले दिलिपको शव एयरपोर्टसम्म ल्याउन पहल गर्नेदेखि देखि दाहसंस्कार गर्न पशुपति आर्यघाटसम्म पुग्नुभयो । 
दिलिपको श्रीमती , छोरी रुदै एयरपोर्ट पुगेर भक्कानीएका थिए । २ वर्षसम्म मलेसिया बसेर छुट्टी लिएर घरमा आएका दिलिप पुनः मलेसिया गएको करिब ६ महिनामात्र पुगेको थियो । ४३ वर्षीय दिलिप भट्टले घर परिवारलाई देखाएको सपना बीचमा नै सकिएको भन्दै घर परिवार भक्कानिएर रोएका थिए ।

उनको पशुपति आर्यघाटमा दाहसंस्कार गर्दा रातिको ३ बजिसकेको थियो तर पनि समाजसेवी सावित्री अधिकारीले दिलिपका परिवार आफन्तलाई अन्तिम समयसम्म साथ दिनुका साथै उनीहरूलाई सम्बन्धित ठाउँ घरसम्म पुगाउने व्यवस्थापन समेत गर्नु भएको थियो ।
४३ वर्षीय दिलिप भट्टले अंग्रेजी विषयमा स्नातकोत्तर समेत उत्तीर्ण गरेका थिए ।



