Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

स्वर्गीय एकेन्द्र बडुवाल स्मृति कप व्याटमिन्टन प्रतियोगिता हुँदै

स्वर्गीय एकेन्द्र बडुवाल स्मृति कप व्याटमिन्टन प्रतियोगिता हुँदै

  • समाचार
  • मंसिर २८, २०८० बिहिवार १८:४१ बजे
  • 1.2K
    SHARES
  • स्वर्गीय एकेन्द्र बडुवाल स्मृति कप व्याटमिन्टन प्रतियोगिता हुँदै

    चन्द्र प्रसाद खनाल / लम्की 

    स्वर्गीय एकेन्द्र बडुवाल स्मृति प्रतिष्ठानद्वारा आयोजित एकेन्द्र बडुवाल स्मृति कप तेस्रो व्याटमिन्टन प्रतियोगिता २०८० हुने भएको छ ।तेस्रो संस्करण पौष १३ , १४ र १५ गते आयोजना गरिने स्वर्गीय एकेन्द्र बडुवाल स्मृति प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र बडुवालले बिहीबार कैलालीको लम्कीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।FB_IMG_1702558655964.jpg

    नेपालभरीका व्याटमिन्टन खेलाडीहरूको सहभागीता रहने उक्त प्रतियोगिताले खेलका माध्यमबाट लम्की क्षेत्रको सामरिक महत्त्वलाई देशभरिका खेलाडी तथा सर्वसाधारणसम्म पुर्‍याई स्वर्गीय एकेन्द्र बहादुर बडुवालको विषयमा जानकारी दिने उद्देश्य रहेको छ । देशभरिका करिब १ सय टिम सहभागी हुन पाउने र दर्ता शुल्क १ हजार रुपैयाँ रहेको अध्यक्ष बडुवालले बताए ।

    साथै प्रथम पुरस्कार ७० हजार , द्वितीय पुरस्कार ३५ हजार र तृतीय पुरस्कार १५ /१५ हजार ट्रफी , मेडल र प्रमाणपत्र रहेको छन् । प्रतियोगिताको जम्मा खर्च ४ लाख ४० हजार रहेको बताइएको छ ।

    पत्रकार सम्मेलनको सहजीकरण स्वर्गीय एकेन्द्र बडुवाल स्मृति प्रतिष्ठानका सचिव कुम्भराज बडुवालले गरेका थिए भने पत्रकार सम्मेलनमा स्वर्गीय एकेन्द्र बडुवाल प्रतिष्ठानका सहसचिव शिवा थापा , सदस्य गंगा भण्डारी , सदस्य शारदा बिष्ट , दुर्गादेवी बडुवालको सहभागीता रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # खेल

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images