चन्द्र प्रसाद खनाल / मंसिर ३० लम्की
श्री चम्किलो तारा प्राथमिक विद्यालय लम्कीचुहा नगरपालिका वडा नं ६ बावनपुर कैलालीमा लघुवित्तका पिता स्वर्गीय डाक्टर हरिहर देव पन्त स्मृति प्रतिष्ठान अक्षयकोषको रकमबाट विद्यालयमा रहेका छात्र छात्रालाई पोशाक वितरण तथा सांस्कृतिक कार्यक्रम शनिबार भव्य रुपमा सम्पन्न भएको छ ।श्री चम्किलो तारा प्राथमिक विद्यालय लम्कीचुहा नगरपालिका वडा नं ६ बावनपुर कैलालीको आयोजनामा र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. ( साविक निर्धन उत्थान बैंक ) को सहयोगमा विद्यालयमा अध्ययनरत करिब १ सय ५० जना छात्र छात्राहरूलाई न्यानो लुगा पोशाक वितरण गरिएको हो ।


दुई वर्ष पहिले स्थापना गरिएको अक्षयको ब्याज रकमबाट न्यानो पोशाक वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका भुमि , व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी रहेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि लम्कीचुहा नगरपालिका उपप्रमुख जुना चौधरी रहेकी थिइन् । कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नं ६ का वडा सदस्यहरू , विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधिहरू, समाजसेवी , बुद्धिजीवी , अभिभावकहरू , कलाकारहरू , सञ्चारकर्मीहरूको सहभागीता रहेको थियो ।
श्री चम्किलो तारा प्राथमिक विद्यालयका प्रधानाध्यापक बल बहादुर रावतले सञ्चालन गर्नु भएको कार्यक्रमको स्वागत मन्तव्य विद्यालयकी शिक्षक विष्णा विसी ( सपना ) ले गर्नु भएको थियो ।
शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष शेर बहादुर बिष्ट , लाली गुराँस सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष कला रावत , बागमारा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष पदम भण्डारी , नेपाल रेडक्रस सोसाइटी चुहा उपशाखा सभापति जुगराम चौधरी , बलिया खानेपानी उपभोक्त तथा सरसफाइ संस्थाका अध्यक्ष दानबहादुर रावत , वडा नं ६ का सदस्य लक्षी थापा , निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लम्कीका प्रमुख उमनाथ तिमिल्सेना , लम्कीचुहा नगरपालिकाकी उप प्रमुख जुना चौधरी , सुदूरपश्चिम प्रदेशका भुमि , व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले शुभकामना मन्तव्य राखेका थिए ।
यस्तै कलाकार प्रशु केसी , कलाकार भीम बिष्टले आफ्नो गीत मार्फत प्रस्तुति राख्नुका साथै विद्यालयमा अध्ययनरत छात्र छात्राले उत्कृष्ट नृत्य प्रस्तुति राखेका थिए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृषि मन्त्री चौधरीले विभिन्न लघुवित्त वित्तीय संस्थाहरू भएता पनि निर्धन लघुवित्त वित्तीय संस्थाले शिक्षा क्षेत्रमा गरेको लगानीको प्रसंसा गरे । उनलेे भने स्वास्थ्य क्षेत्रमा पनि निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले महिलाहरूको लागि विशेष योजना ल्याएकाले राम्रो काम भएको बताए । चौधरीले आफू यसै क्षेत्रबाट जितेर जनताको प्रतिनिधि तथा मन्त्री भएकाले वडामा भएका समस्याहरू भएमा जानकारी गराउन अनुरोध गरेका थिए । कृषि क्षेत्र अन्तरर्गत विभिन्न बिउ , टनेल लगायतका कृषक उपयोगी सामाग्रीहरूका लागि सचिवालयमा सम्पर्क गर्न समेत आग्रह गरे । पछिल्लो समयमा रासायनिक मलको प्रयोग बढेको बताउदै मन्त्री चौधरीले किसानहरूले सकेसम्म प्राङ्गरिक मल प्रयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा निर्धन उत्थान लघु वित्तवित्तीय संस्थाका लम्की शाखा प्रमुख तिमिल्सेनाले लघुवित्तका पिता स्वर्गीय डाक्टर हरिहर देव पन्तप्रति भावपुर्ण श्रद्धाभाव प्रकट गर्दै संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर कार्य गरिरहेको बताए ।

विभिन्न मागहरू राखेर विद्यालयका तर्फबाट मन्त्री चौधरीलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।



