Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

लम्की सांगीतिक महोत्सव तथा व्यापार मेलाको मुख्यमन्त्रीद्वारा उद्घाटन

लम्की सांगीतिक महोत्सव तथा व्यापार मेलाको मुख्यमन्त्रीद्वारा उद्घाटन

  • समाचार
  • पौष ५, २०८० बिहिवार २०:४४ बजे
  • 3.3K
    SHARES
  • लम्की सांगीतिक महोत्सव तथा व्यापार मेलाको मुख्यमन्त्रीद्वारा उद्घाटन

    कैलालीको लम्कीमा सांगीतिक महोत्सव तथा व्यापार मेला सुरु भएको छ । सामुदायिक रेडियो पश्चिम आवाजको आयोजनामा पुस ५ गतेदेखि सुरु भएको महोत्सव पुस १६ गतेसम्म सञ्चालन हुनेछ ।

    महोत्सवको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिहीबार एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको छ । मोहत्सवको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री शाहले सामुदायिक रेडियो पश्चिम आवाजको निर्माधिन भवन पुरा गर्नका लागि महत्सोवबाट प्राप्त हुने रकममा अपुग रकम प्रदेश सरकारले दिने र १ वर्षभित्र भवन पुरा हुने दाबी गर्नुभयो । यस्तै यस क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकार र आफ्नो तर्फबाट सक्ने जति सहयोग रहने मुख्यमन्त्री शाहले बताउनुभयो ।

    सामुदायिक रेडियो पश्चिम आवाज सञ्चालक समितिका अध्यक्ष तथा लम्की सांगीतिक महोत्सव तथा व्यापार मेला २०८० मुल आयोजक समितिका संयोजक खडानन्द सापकोटाको सभाअध्यक्षतामा भएको समुद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह रहनु भएको थियो ।

    यस्तै कार्यक्रमको विशिष्ट अतिथिमा सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँद, राष्ट्रिय सभाका पूर्व सदस्य कमला कुमारी वली , प्रदेश सभा सदस्य टिका थापा रहनुभएको थियो ।

    कार्यक्रममा , लम्कीचुहा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, विभिन्न पार्टी प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि लगायतका अतिथि रहनुभएको थियो । ‘शिक्षा, सूचनाको विकासको अभियान, कृषि, व्यापार, संस्कृति र पर्यटन हाम्रो पहिचान’ भन्ने मूल नारा रहेको महोत्सवमा करिब डेढ लाख दर्शकहरूले अवलोकन गर्ने अनुमान गरेको महोत्सव मुुल आयोजक समितिका संयोजक खडानन्द सापकोटाले जानकारी दिनुुभयो ।

    महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने आयोजकले बताएको छ ।

    महोत्सव स्थलमा स्थानीय संस्कृतिको झल्को दिने थारू गाउँ, मगर गाउँ सहित रमाइलो मेला सहितका पर्याप्त मनोरञ्जनका स्टलहरू रहने छन् । त्यस्तै महोत्सवले स्थानीय सहित प्रदेशभरिका पर्यटन, उद्योग, संस्कृति प्रर्वद्धनमा टेवा पुग्ने विश्वास आयोजकले विश्वास लिएको छ ।

    महोत्सव मुल आयोजक समितिका उप संयोजक तथा आर्थिक एवम् प्रचार प्रसार उपसमिति संयोजक दिपक कुमार तिमिल्सैनाको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन रेडियो पश्चिम आवाजका प्रबन्ध निर्देशक तथा महोत्सवका सदस्य सचिव युवराज न्यौपाने र सञ्चालिका प्रेणा गिरीले गर्नुभएको थियो ।

    रेडियो पश्चिम आवाजका प्रबन्ध निर्देशक तथा महोत्सवका सदस्य सचिव युवराज न्यौपानेले यस क्षेत्रको शिक्षा, कृषि, व्यापार, संस्कृति र पर्यटनको प्रचार प्रसार तथा प्रर्बद्धनको लागि महोत्सवमा सबैले सहयोग गर्न सबैसँग आग्रह समेत गर्नुभयो ।

  • सम्बन्धित विषय:

  • # महोत्सव

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images