भारतको बैंगलोरमा कार्यरत सन्देश तिरुवा सहित उहाँको परिवारका ४ जना ग्यास लिकेज भई घरमा आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए ।
डिसेम्बर १९ तारिखका दिन नेपालको कञ्चनपुर जिल्ला घर भएका उनीहरू हाल बैंगलोरको विक्टोरिया अस्पतालमा उपचार गराइरहेका छन् ।
जीवन मरणको अवस्थामा रहेका उनीहरूलाई थोरै भएपनि उपचारमा सहयोग होस् भन्ने मानवीय उद्देश्यले प्रवासी नेपाली संघ भारतका केन्द्रीय सचिवालय सदस्य तथा कर्नाटक -केरला संयुक्त राज्य समितीका इन्चार्ज तिलकराज कडेलको बिशेष पहलमा, संगठनका जिम्मेवार व्यक्तिहरूको सहयोगमा सामाजिक संजाल मार्फत आर्थिक अभियान संकलनको अपिल गरी उक्त अपिल लाई सहयोगी मनहरुले सहयोग गरेका थिए ।
उक्त सहयोग रकम ७७ हजार ९ सय ६२ भारतीय रुपैयाँ प्रवाशी नेपाली संघ भारतका केन्द्रीय सचिवालय सदस्य तथा कर्नाटक -केरला संयुक्त राज्य समिती इन्चार्ज तिलकराज कडेल, केन्द्रीय सदस्य बालकृष्ण ढकाल,राज्य अध्यक्ष माधब भण्डारी,राज्य उप-सचिव दिपक बिक, आर्थिक प्रमुख जीत बहादुर रिजाल, मुद्दा बिभाग प्रमुख रमेश खड़काको बिशेष उपस्थितमा घाइते सन्देश तिरुवाका दाइलाई डिसेम्बर २२ तारिखका दिन हस्तान्तरण गरिएको प्रवासी नेपाली संघ भारत कर्नाटक-केरला संयुक्त राज्य समितिका सचिव राजेन्द्र खनालले पलपल अनलाइन मिडिया ( कर्णाली भ्युज डटकम ) न्युजलाई जानकारी दिएका छन् ।
रकम संकलनमा सहयोग गर्ने सामाजिक सेवाभाव बाट ओत-प्रोत सहयोगी मनहरुलाई धन्यवाद दिनुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । आपत विपत र अप्ठ्यारो परिस्थितिमा प्रवासी नेपाल संघले सहयोग गर्दै आएको छ ।



